मुख्य समाचार
आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी
आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी

: प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएकी छन्।




बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनका लागि आयोगले अहिलेसम्म गरेका तयारीबारे जानकारी लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।


त्यस्तै मतदाता नामावली दर्तामा देखिएका समस्या समाधानका लागि भएका प्रयासबारे पनि प्रधानमन्त्रीले चासो व्यक्त गरेकी थिइन्। छलफलका क्रममा प्रधानमन्त्री कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नका लागि सबैको सहयोग हुने बताएको प्रवक्ता भट्टराईले जानकारी दिए।



प्रवक्ता भट्टराईले आयोगले तीव्र रूपमा निर्वाचनको तयारी गरिरहेको भन्दै सरकारलाई निरन्तर आयोगले जानकारी गराइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्कुल छुट्टि भएपछि घर पुर्‍याउन गएको बसमा ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिकास्थित द पाइनियर सेकेण्डरी इङ्लिस बोडिङ् स्कुलको बसको ठक्करबाट एलकेजीमा अध्ययनरत चार वर्षिय सुभम कोहाँरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर नारायण थापाले जानकारी दिए । पैसा हातमा लिएर बसबाट ओर्लिएका उनी दक्षिणतर्फ रहेको घर नगई दौडिएर ...
: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप भएको दाबी गरेका छन्। आज तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा सम्मेलनमा उपमहासचिव ज्ञवालीले यथास्थितिमा भएको चुनावको कुनै औचित्य नहुने बताएका हुन्। ´संसद् पुनर्स्थापना, संविधान संशोधन, जेन-जीसहितको सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो ।` ज्ञवालीले भने, ´यथास्थितिमा चुनाव भएको त्यसको ...
: निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाका बारेमा राजनीतिक दलसँग छलफल गरेको छ। बिहीबार आयोगले प्रतिनिधिसभा निर्वाचनतर्फ पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक प्रणालीतर्फको निर्वाचन कार्यक्रमको मस्यौदामाथि दलहरूसँग छलफल गरेको हो। त्यस्तै राष्ट्रियसभाको निर्वाचन कार्यतालिकामा समेत दलहरूसँग परामर्श गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। दलहरूसँग छलफल गरेसँगै प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकालाई ...
: नवलपरासीको गुठिप्रसानीस्थित बसैया नाका क्षेत्रमा २ राउण्ड हवाई फायर भएको छ। गएराति १२ बजे बसैयाको दसगजानजिक भठ्ठा (पिलर नम्बर ५०२/७ ) क्षेत्रबाट भारतीय मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूले ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्न थालेपछि हवाई फायर भएको सशस्त्र प्रहरी बल नेपाल नवलपरासीका एसपी सन्तोष रायमाझीले जानकारी दिए। सीमावर्ती भारतीय बजार लक्ष्मीपुरको नाका हुँदै ५/६ ...
: सुनसरी र झापाका विभिन्न स्थानबाट लागूऔषध ओसारपसारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ भने झापा र सुनसरीकै अन्य स्थानबाट अन्य चार जना निषेधित औषधीसहित पक्राउ परेका छन्। सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारे केशलिया पुल नजिकब्सट बुधबार राति ११ बजे विशेष सूचनाका आधारमा खटिएको इलाका ...