: मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका छन्। नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेका हुन्।
पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जनता समाजवादी पार्टी नेपालका मनिषकुमार सुमन, संजयकुमार यादव, संहासन सा कलवार र सारदा शंकर प्रसाद कलवार रहेका छन्।
उनीहरूलाई कात्तिक २७ गतेदेखि लागू हुने गरी कारबाही गरिएको हो। 'मिति २०८२ कात्तिक २७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएको हुँदा निजहरू प्रदेशसभा सदस्यहरूको स्थान रिक्त भएको व्यहोरा प्रदेशसभा कार्उ सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारी गराइन्छ,' सूचनामा भनिएको छ।