मुख्य समाचार
पार्टीको १५ औँ महाधिवेशनको मितिमा बहस जारी
पार्टीको १५ औँ महाधिवेशनको मितिमा बहस जारी

: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिमा बहस जारी छ।




बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्यतालिकाको सन्दर्भमा सदस्यहरूले आफ्नो राय राखेको कांग्रेस नेता मोहन बहादुर बस्नेतले जानकारी दिए।


बैठकमा जेनजी आन्दोलनपछिको परिस्थिति, निर्वाचनको विषयका साथै नियमित वा विशेष महाधिवेशन भन्ने विषयमा छलफल भएको उनले बताए।



उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले सबै विषयमा सदस्यहरूले खुलस्त रूपमा चासो राखेको भन्दै देशको प्राथमिकताका आधारमा पार्टीले एकमत भएर निर्णय गर्ने जानकारी दिए।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्कुल छुट्टि भएपछि घर पुर्‍याउन गएको बसमा ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिकास्थित द पाइनियर सेकेण्डरी इङ्लिस बोडिङ् स्कुलको बसको ठक्करबाट एलकेजीमा अध्ययनरत चार वर्षिय सुभम कोहाँरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर नारायण थापाले जानकारी दिए । पैसा हातमा लिएर बसबाट ओर्लिएका उनी दक्षिणतर्फ रहेको घर नगई दौडिएर ...
: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप भएको दाबी गरेका छन्। आज तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा सम्मेलनमा उपमहासचिव ज्ञवालीले यथास्थितिमा भएको चुनावको कुनै औचित्य नहुने बताएका हुन्। ´संसद् पुनर्स्थापना, संविधान संशोधन, जेन-जीसहितको सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो ।` ज्ञवालीले भने, ´यथास्थितिमा चुनाव भएको त्यसको ...
: निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाका बारेमा राजनीतिक दलसँग छलफल गरेको छ। बिहीबार आयोगले प्रतिनिधिसभा निर्वाचनतर्फ पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक प्रणालीतर्फको निर्वाचन कार्यक्रमको मस्यौदामाथि दलहरूसँग छलफल गरेको हो। त्यस्तै राष्ट्रियसभाको निर्वाचन कार्यतालिकामा समेत दलहरूसँग परामर्श गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। दलहरूसँग छलफल गरेसँगै प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकालाई ...
: नवलपरासीको गुठिप्रसानीस्थित बसैया नाका क्षेत्रमा २ राउण्ड हवाई फायर भएको छ। गएराति १२ बजे बसैयाको दसगजानजिक भठ्ठा (पिलर नम्बर ५०२/७ ) क्षेत्रबाट भारतीय मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूले ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्न थालेपछि हवाई फायर भएको सशस्त्र प्रहरी बल नेपाल नवलपरासीका एसपी सन्तोष रायमाझीले जानकारी दिए। सीमावर्ती भारतीय बजार लक्ष्मीपुरको नाका हुँदै ५/६ ...
: सुनसरी र झापाका विभिन्न स्थानबाट लागूऔषध ओसारपसारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ भने झापा र सुनसरीकै अन्य स्थानबाट अन्य चार जना निषेधित औषधीसहित पक्राउ परेका छन्। सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारे केशलिया पुल नजिकब्सट बुधबार राति ११ बजे विशेष सूचनाका आधारमा खटिएको इलाका ...