मुख्य समाचार
अस्ट्रेलियामा सवारी दुर्घटनामा परी एकै परिवारका ३ नेपालीको मृत्यु
अस्ट्रेलियामा सवारी दुर्घटनामा परी एकै परिवारका ३ नेपालीको मृत्यु

: भिक्टोरिया राज्यको ग्रामीण क्षेत्रमा भएको एउटा दुर्घटनामा एउटै परिवारका ३ सदस्यको मृत्यु भएको छ। जसमा एक सानो बच्चा पनि भएको प्रहरीले जनाएको छ। उनीहरू नेपाली भएको पनि प्रहरीले पुष्टि गरेको छ।

मेलबर्नदेखि केही टाढा एक ट्रक र कार आपसमा ठोक्किदा यहाँ बस्दै आएका कारमा सवार नेपालीको मृत्यु भएको हो। दुई दिनअघि बलाराटको पश्चिमस्थित युरामबिन–स्त्रिथम रोड र माउन्ट विलियम रोडको चौराहा क्षेत्रमा दुर्घटना भएको थियो।

प्रहरीका अनुसार उनीहरू जिलोङमा बस्दै आएका थिए। एउटै परिवारका ४ जना सवार कारले स्टप साइन नदेखिकन वा नरोकी ट्रक गुडेको बाटो तिर जाँदा घटना भएको थियो। प्रहरीको भनाइअनुसार ट्रकले कारलाई टी–आकारमा ठोक्कायो र कार धेरै पटक घुमेर अन्ततः आफ्नो यात्रु पक्षमा पल्टियो। कार चालक (४१ वर्षे पुरुष), उनकी ३१ वर्षीया श्रीमती र तीन वर्षको छोरा घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्। रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द ...
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...

: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम