मुख्य समाचार
ट्रम्पले बजेट विधेयकमा हस्ताक्षर गरेसँगै अमेरिकामा जारी इतिहासकै लामो सटडाउन अन्त्य
ट्रम्पले बजेट विधेयकमा हस्ताक्षर गरेसँगै अमेरिकामा जारी इतिहासकै लामो सटडाउन अन्त्य

— राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेट विधेयकमा हस्ताक्षर गरेसँगै अमेरिकामा जारी इतिहासकै लामो सटडाउन अन्त्य भएको छ ।


तल्लो सदन (हाउस) बाट पारित भएको दुई घण्टामै ट्रम्पले यस विधेयकमा हस्ताक्षर गरेका हुन् ।

अमेरिकामा ४३ दिन सटडाउन थियो । यसले सरकार सबै काम–कारबाही ठप्प छन् । झन्डै १४ लाख संघीय प्रशासनिक कर्मचारीले तलब नपाउँदा सेवा प्रभावित छ । खाद्य सहायत कार्यक्रम प्रभावित भने घरेलु उडान कटौती भएको छ ।

‘मेरो यो हस्ताक्षरसँगै संघीय सरकारले अब दैनिक काम–कारबाही थाल्नेछ । हाम्रो प्रशासनले मानिसको दैनिक खर्च कम गर्न, सार्वजनिक सुरक्षा पुनस्र्थापना गर्न, हाम्रो अर्थतन्त्रलाई बढावा दिन र सबै अमेरिकीहरुका लागि सर्वसुलभ अमेरिका बनाउन भूमिका खेल्नेछ,’ ट्रम्पले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संयुक्त अरब इमिरेट्स (यूएई) ले भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन बिहीबारदेखि लिन सुरु गरेको छ । रोजगारी भिसाको विषयमा भने यूएईले अझै निर्णय गरेको छैन । भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा जेलबाट कैदी भागेपछि यूएईले नेपालीका लागि भिजिट र वर्किङ भिसा दिन बन्द गरेको थियो । भिसासम्बन्धी काम गर्ने नमस्ते ट्राभलका ...
— बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका दुई सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने भएको छ । गत जुलाईमा सुरु भएको आन्दोलनमा दमन गर्ने क्रममा मानवताविरुद्धको अपराध गरेको भन्दै हसिनाविरुद्ध मुद्दा चलाइएको हो । ट्राइबुनलका अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मोजुम्दरले १७ नोभेम्बरका लागि फैसला मिति तोकका हुन् । पूर्व गृहमन्त्री असदुजामन ...
— पोर्चुगल सरकारले उच्च दक्षबाहेकका सबै प्रकारका कामदार भिसा जारी नगर्ने निर्णय गरेको छ। लिस्बनस्थित नेपाली दूतावासद्वारा जारी प्रेस विज्ञप्ति नुसार अक्टोबर २३ तारिखदेखि लागू हुने गरी कामदार भिसा (वर्क भिसा) जारी गर्न बन्द गरिएको हो। नेपाल र मध्यपूर्वका मुलुकबाट पोर्चुगलमा रोजगारीका अवसर देखाएर ठगी गर्ने समूह सक्रिय हुन सक्ने भन्दै सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ। दूतावासले ...
— डुंगा डुबेर भूमध्यसागरमा ६ दिनसम्म फसेका ७ मानिसहरुको उद्धार भएको छ । यसक्रममा ४२ जनाको मृत्यु भएको अनुमान लगाइएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ । बाँचेका मानिसहरुले आईओएमलाई बताएअनुसार ४७ पुरुष र दुई महिला सवार डुंगा ३ नोभेम्बरमा पल्टिएको थियो । लिबियाको तटीय शहर जुवाराबाट हिंडेको ६ घण्टापछि यो जहाज पल्टिएको उनीहरुले ...
— पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु हुनुको साथै २४ जना घाइते भएका छन् । दक्षिणी पेरुको अरेक्विपामा भएको दुर्घटना दक्षिण अमेरिकी राष्ट्रमा हालैका वर्षहरूमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो । पेरुलाई चिलीसँग जोड्ने पानामेरिकाना सुर राजमार्गको एक भागमा बिहानै यो घटना भएको थियो । 'हामीसँग ३७ जनाको मृत्यु ...