मुख्य समाचार
शेख हसिना र उनका दुई सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने
शेख हसिना र उनका दुई सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने

— बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका दुई सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने भएको छ ।


गत जुलाईमा सुरु भएको आन्दोलनमा दमन गर्ने क्रममा मानवताविरुद्धको अपराध गरेको भन्दै हसिनाविरुद्ध मुद्दा चलाइएको हो । ट्राइबुनलका अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मोजुम्दरले १७ नोभेम्बरका लागि फैसला मिति तोकका हुन् ।

पूर्व गृहमन्त्री असदुजामन खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अल मामुनमाथि पनि मानवताविरुद्धको अपराध गरेको अभियोग लागेको छ ।

बंगलादेशमा (जुलाई देखि अगस्टको सुरुवात) २०२४ सम्म चलेको सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा झन्डै ६ सय ५० जना मारिएका थिए । त्यहीकारण यसलाई जुलाई नरसंहार पनि भन्ने गरिन्छ । यस प्रदर्शनपछि शेख हसिना ५ अगस्टमा देश छाडेर भागेकी थिइन् ।

हसिनामाथि हत्याको योजना बनाएको, हत्या प्रयास गरेको, यातना दिइएको र अन्य अमानवीय कार्य गरेको आरोपमा छानविन चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संयुक्त अरब इमिरेट्स (यूएई) ले भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन बिहीबारदेखि लिन सुरु गरेको छ । रोजगारी भिसाको विषयमा भने यूएईले अझै निर्णय गरेको छैन । भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा जेलबाट कैदी भागेपछि यूएईले नेपालीका लागि भिजिट र वर्किङ भिसा दिन बन्द गरेको थियो । भिसासम्बन्धी काम गर्ने नमस्ते ट्राभलका ...
— राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेट विधेयकमा हस्ताक्षर गरेसँगै अमेरिकामा जारी इतिहासकै लामो सटडाउन अन्त्य भएको छ । तल्लो सदन (हाउस) बाट पारित भएको दुई घण्टामै ट्रम्पले यस विधेयकमा हस्ताक्षर गरेका हुन् । अमेरिकामा ४३ दिन सटडाउन थियो । यसले सरकार सबै काम–कारबाही ठप्प छन् । झन्डै १४ लाख संघीय प्रशासनिक कर्मचारीले तलब नपाउँदा सेवा प्रभावित छ । ...
— पोर्चुगल सरकारले उच्च दक्षबाहेकका सबै प्रकारका कामदार भिसा जारी नगर्ने निर्णय गरेको छ। लिस्बनस्थित नेपाली दूतावासद्वारा जारी प्रेस विज्ञप्ति नुसार अक्टोबर २३ तारिखदेखि लागू हुने गरी कामदार भिसा (वर्क भिसा) जारी गर्न बन्द गरिएको हो। नेपाल र मध्यपूर्वका मुलुकबाट पोर्चुगलमा रोजगारीका अवसर देखाएर ठगी गर्ने समूह सक्रिय हुन सक्ने भन्दै सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ। दूतावासले ...
— डुंगा डुबेर भूमध्यसागरमा ६ दिनसम्म फसेका ७ मानिसहरुको उद्धार भएको छ । यसक्रममा ४२ जनाको मृत्यु भएको अनुमान लगाइएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ । बाँचेका मानिसहरुले आईओएमलाई बताएअनुसार ४७ पुरुष र दुई महिला सवार डुंगा ३ नोभेम्बरमा पल्टिएको थियो । लिबियाको तटीय शहर जुवाराबाट हिंडेको ६ घण्टापछि यो जहाज पल्टिएको उनीहरुले ...
— पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु हुनुको साथै २४ जना घाइते भएका छन् । दक्षिणी पेरुको अरेक्विपामा भएको दुर्घटना दक्षिण अमेरिकी राष्ट्रमा हालैका वर्षहरूमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो । पेरुलाई चिलीसँग जोड्ने पानामेरिकाना सुर राजमार्गको एक भागमा बिहानै यो घटना भएको थियो । 'हामीसँग ३७ जनाको मृत्यु ...