मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा

— नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरेर खेलतालिका आइतबार सार्वजनिक गरिसकेको छ ।


फ्लडलाइट जडानको काम पनि तीव्ररुपमा चलेको छ । तर, जडानपछि पनि नेपाल विद्युत् प्राधिकरणको क्षमताअनुसारको विद्युत् लाइन नभएको भन्दै कम्पनीले यसपटक एनपीएलमा जेनेरेटर नै प्रयोग गरेर फ्लडलाइट बाल्ने तयारी गरिरहेको छ ।

फ्लडलाइट जडानको जिम्मा लिएको ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरका प्रतिनिधि सौरभ शाहाका अनुसार ७५० केभिएको दुईवटा जेनेरेटरबाट फ्लडलाइट सञ्चालन गर्ने तयारी छ ।

‘एउटा पोलमा ७० वटा बत्ती हुन्छ । त्यसमध्ये एक बत्ती १६ सय वाटको छ । हामीले ६ वटा फ्लडलाइट जडान गरेका छौं । सबै पोलमा गरी ४२० लाइट जडान हुन्छैं,’ शाहाले भने,‘खेल अवधिमा यी बत्तीहरु सबै जेनेरेटरबाट मात्र सञ्चालन हुने छन् । सबै बत्ति बल्दा ६ मेघाहर्ज जति बिजुली खपत हुन्छ । यो भनेको सानो सहरमा खपत हुने जति बत्ती हो । प्राधिकरणका डेरीकेट लाइन पनि यहा छैन । त्यही पनि नियमित बत्तीमा समस्या हुन सक्छ । त्यो कारण यसपाली हामीले जेनेरेटरबाट खेल अवधिभरी फ्लडलाइट चलाउने छौं ।’

सम्झौता पनि निमार्ण कम्पनीले दुईवटा जेनेरेटर खरीद गर्नुपर्नेछ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकाल यसबारेमा आफूहरुलाई कुनै जानकारी नआएको बताउँछन् । ‘हामीलाई यसबारे कुनै जानकारी प्राप्त भएको छैन । जानकारी भयो भने हामी सहजीकरण गर्न सक्छौं,’ ढकालले भने, ‘विशेष सन्दर्भमा हामीले टिम नै खटाएर सेवा पनि दिएका हुन्छौं ।’


रंगशालामा बिहीबारसम्म पाँचवटा पोलमा लाइट (बत्ती)हाल्ने काम सकिँदैछ । मैदानमा राखिएका ६ वटा पोलमा फ्लडलाइट जडान हुँदै छ । बाँकी एक पोलमा पनि बत्ती हालेपछि सबै पोलमा परीक्षणको काम हुने शाहले बताए । मंसिर १ देखि यस सिजनको एनपीएल सुरु हुँदै छ । ‘कम्पनीले लाइटको कामकै लागि एउटा पोलमा भारतबाट पनि कामदार मगाएर ४ जनाका दरमा कामदार खटिएका छन् । सकेसम्म बिहीबार साँझ नभए शुक्रबारसम्म सबै काम सक्ने योजना छ ,’ शाहले भने, ‘बत्ती जडानको काम सकेर सबै पोलको एमिङ (बत्तीको फोकस मिलाउने) गर्ने अर्को महत्त्वपूर्ण काम बाँकी छ । अहिले बत्ती जडानसँगै प्यानल हाल्ने, अर्थिङ र केबलका कामहरू पनि चलिरहेको छ ।’

युरोपबाट आउनुपर्ने लाइटिङका सामग्री आउन ढिलाइ हुँदा काम सुस्त भएको कम्पनीको भनाइ छ । क्रिकेट रंगशालामा फ्लडलाइट राख्ने काम पहिलो भएकाले पनि डिजाइनको परिवर्तन, बर्खासँगै पहिलो प्रस्तावित फ्लडलाइटले स्वीकृति नपाएकाले नयाँ प्रक्रियामा जाँदा ढिलो भएको उनको दाबी छ ।



रंगशालामा प्यारापिट निर्माणको काम भने सकिएको छ । काठमाडौंको बीकेओआई– केसीडीसी–बीजी जेभी रंगशाला पुनर्निर्माणको सम्झौताअनुसार काम सकेर अन्तिम बिलिङ कार्य गरिरहेको छ । बीजी जेभीका प्रोजेक्ट डाइरेक्टर भरत गिरीका अनुसार १० हजार सिट क्षमताको आरसीसी प्यारापिट निर्माण सम्पन्न भएको छ ।

त्यसअनुसार पूर्वतर्फ ३ हजार सिट र पश्चिमतर्फ ७ हजार सिट जडान भएको छ । कुर्ची राख्ने, स्टिलको रेलिङ राख्ने कम्पाउन्ड, जेनेरेटर राख्ने ठाउा र कम्पाउन्ड क्षेत्रमा एउटा बाटोका ट्रयाक बनाएर ग्राभिलको काम कम्पनीले गरेको थियो । सम्झौताअनुसार पाँच वर्षसम्म कुर्चीमा समस्या आउँदा कम्पनीले नै हेर्नुपर्नेछ ।

यी दुवै कम्पनीले सम्झौताअनुसार काम गरेको भए वैशाख २४ गते सबै काम सकिनुपर्ने थियो । समयमा काम नसकेका कारण सम्झौताअनुसार निर्माण कम्पनीलाई तत्कालीन सरकारले दैनिक २ लाख हाराहारीमा जरिवानासमेत तोकेको थियो । क्यानको तालिकाअनुसार हरेक दिन एक खेल साँझ टुंगिने गरी खेलतालिका प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम