— बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुले एक युवकलाई १२ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ५ लाख रुपैयाँ जरिवाना गर्ने आदेश पनि गरेको छ ।
बिहीबार बसेको जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले मकवानपुर गढी गाउँपालिका-२ का २५ वर्षीय गणेश घेवाले मकवानपुर गढी-७ की १४ वर्षिया बालिकालाई बलात्कार गरेको ठहरसहित उक्त फैसला गरेको हो ।
घेवा टिपर चालक हुन् । २०८१ चैत २५ गते गाउँमै सो घटना भएको हो । घेवा क्षेत्रीय कारागार भीमफेदीमा छन् ।