मुख्य समाचार
सुनसरीको धरानका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ
सुनसरीको धरानका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ

: सुनसरीको धरानका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मंगलबार राति धरान–२० कोकाहा खोलाबाट ११ केजी गाँजासहित एक युवक र धरान –१९ प्रगती चोकबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–०५३ प.९९८२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा सहिदभूमि गाउँपालिका–१ धनकुटाका २३ वर्षीय सिद्धार्थ राईको झोलामा ११ केजी गाँजा फेला परेको थियो। गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए।


यस्तै धरान–१९ प्रगति चोकमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले २५ वर्षीय समिर वीक र अर्जुन वीकलाई चेकजाँच गर्दा ब्राउन सुगर २.३८ ग्राम, ५२ क्याप्सुल ट्रामाडोल र ५२ ट्याब्लेट डिकोलिक बरामद गरेको छ।



प्रहरीले दुबै घटनामा पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जेन-जी आन्दोलनको प्रमुख माग भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुपर्ने मात्र नभइ नेतृत्व पुस्तान्तरण पनि थियो । जेन-जी विद्रोहको सन्देश थियो- भ्रष्टाचारको अन्त्य, सुशासन कायम अनि राजनीतिक नेतृत्वमा पुस्तान्तरण । विद्रोहकै बलमा बनेको नयाँ सरकारले निर्वाचन गराउने तयारी थालेको छ । त्यसका लागि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनेको लर्को छ । ...
— पूर्व ऊर्जामन्त्री तथा काँग्रेस नेता दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले काठमाडौँको लैनचौरस्थित स्काउटको जग्गामा बनाएका संरचनाहरु भत्काइएको हो। उक्त कम्पनीले जग्गा भाडामा लिएर संरचनाहरू बनाइ कार्यालय सञ्चालन गरे पनि लामो समयदेखि नियमित भाडा दिएको थिएन। त्यसबारे पटक-पटक अदालतमा मुद्दा चलेर आदेश भए पनि खड्काले अदालतको आदेश समेत उल्लंघन गर्दै आएका थिए।गत बिहीबार ...
— अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय परिचयपत्रका लागि लिइएको ‘बायोमेट्रिक्स’ तथ्यांकलाई प्रयोग गरेर मतदाता परिचयपत्र बनाउने कामको शुभारम्भ गरेका छन् । अर्थमन्त्रीको उपस्थितिमा ट्रमा सेन्टरमा उपचाररत घाइते प्रकाश बोहोरा र मुकेश अवस्थीले अस्पतालकै बेडबाट मतदाता परिचयपत्रका लागि फारम भरेका हुन्। ‘बायोमेट्रिक’ तथ्यांकका आधारमा अब उनीहरूले इमेलमै मतदाता परिचयपत्र पाउनेछन्। मतदाता सूचीमा नाम लेखाउनेको चाप बढेपछि त्यसलाई सहज बनाउन ...
— बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुले एक युवकलाई १२ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ५ लाख रुपैयाँ जरिवाना गर्ने आदेश पनि गरेको छ । बिहीबार बसेको जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले मकवानपुर गढी गाउँपालिका-२ का २५ वर्षीय गणेश घेवाले मकवानपुर गढी-७ की १४ वर्षिया बालिकालाई बलात्कार गरेको ठहरसहित उक्त फैसला ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी प्रदर्शनका क्रममा मुलुकका विभिन्न जेलबाट भागेका कैदीमध्ये ५ हजारभन्दा बढी कैदीबन्दी अझै पनि पक्राउ पर्न बाँकी रहेको बताएका छन् । अझै फरार रहेका कैदीबन्दीलाई पक्राउ गर्न सरकारले काम गरिरहेको पनि अर्यालको भनाइ छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा शान्तिसुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा भएको ...