मुख्य समाचार
समाजवादी मोर्चाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अलग
समाजवादी मोर्चाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अलग

: समाजवादी मोर्चाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अलग भएको छ । पार्टी महासचिव विप्लव सीले आज एक विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाको औचित्य समाप्त भएको बताएका हुन्।

समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाएकाले मोर्चाको औचित्य समाप्त भएको उनको भनाई छ। मोर्चाले राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेपनि रफ्तारमा काम अगाडि नबढेको विप्लवले बताए।


‘२०८० सालमा नेपालका चार पार्टी सहभागि समाजवादी मोर्चा निर्माण गरेका थियौं । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजिविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु पनि गर्‍यो । तर जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो सम्भव बनेन।’ विज्ञप्तिमा भनिएको छ, ‘जेन्जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापकस्तरमा नयाँ बहस आवश्यक बनेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जेन-जी आन्दोलनको प्रमुख माग भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुपर्ने मात्र नभइ नेतृत्व पुस्तान्तरण पनि थियो । जेन-जी विद्रोहको सन्देश थियो- भ्रष्टाचारको अन्त्य, सुशासन कायम अनि राजनीतिक नेतृत्वमा पुस्तान्तरण । विद्रोहकै बलमा बनेको नयाँ सरकारले निर्वाचन गराउने तयारी थालेको छ । त्यसका लागि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनेको लर्को छ । ...
— पूर्व ऊर्जामन्त्री तथा काँग्रेस नेता दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले काठमाडौँको लैनचौरस्थित स्काउटको जग्गामा बनाएका संरचनाहरु भत्काइएको हो। उक्त कम्पनीले जग्गा भाडामा लिएर संरचनाहरू बनाइ कार्यालय सञ्चालन गरे पनि लामो समयदेखि नियमित भाडा दिएको थिएन। त्यसबारे पटक-पटक अदालतमा मुद्दा चलेर आदेश भए पनि खड्काले अदालतको आदेश समेत उल्लंघन गर्दै आएका थिए।गत बिहीबार ...
— अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय परिचयपत्रका लागि लिइएको ‘बायोमेट्रिक्स’ तथ्यांकलाई प्रयोग गरेर मतदाता परिचयपत्र बनाउने कामको शुभारम्भ गरेका छन् । अर्थमन्त्रीको उपस्थितिमा ट्रमा सेन्टरमा उपचाररत घाइते प्रकाश बोहोरा र मुकेश अवस्थीले अस्पतालकै बेडबाट मतदाता परिचयपत्रका लागि फारम भरेका हुन्। ‘बायोमेट्रिक’ तथ्यांकका आधारमा अब उनीहरूले इमेलमै मतदाता परिचयपत्र पाउनेछन्। मतदाता सूचीमा नाम लेखाउनेको चाप बढेपछि त्यसलाई सहज बनाउन ...
— बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुले एक युवकलाई १२ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ५ लाख रुपैयाँ जरिवाना गर्ने आदेश पनि गरेको छ । बिहीबार बसेको जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले मकवानपुर गढी गाउँपालिका-२ का २५ वर्षीय गणेश घेवाले मकवानपुर गढी-७ की १४ वर्षिया बालिकालाई बलात्कार गरेको ठहरसहित उक्त फैसला ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी प्रदर्शनका क्रममा मुलुकका विभिन्न जेलबाट भागेका कैदीमध्ये ५ हजारभन्दा बढी कैदीबन्दी अझै पनि पक्राउ पर्न बाँकी रहेको बताएका छन् । अझै फरार रहेका कैदीबन्दीलाई पक्राउ गर्न सरकारले काम गरिरहेको पनि अर्यालको भनाइ छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा शान्तिसुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा भएको ...