: दोलखामा लागुऔषधसहित ३ युवा पक्राउ परेका छन्। सोमबार चरिकोट बजारबाट लागुऔषधसहित वैतेश्वर गाउँपालिका–७ का ३५ वर्षीय सुन्दरप्रकाश खड्का, मेलुङ गाउँपालिका–२ का २१ वर्षीय रुद्रबहादुर कार्की र भीमेश्वर नगरपालिका–३ का २६ वर्षीय नीरज खड्का पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूको साथबाट बिक्री वितरण गर्दै गरेको अवस्थामा ट्रामाडोल हाइड्रोक्लोराइड लेखिएको १ सय ९१ वटा क्याप्सुल, ३ थान मोबाइल र नगद दुई हजार पाँच सय रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेका तीनै जनालाई दोलखा जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।