मुख्य समाचार
नेपाल वायुसेवा निगमले गर्‍यो करार तथा ज्यालादारी कर्मचारी संख्यामा कटौती
नेपाल वायुसेवा निगमले गर्‍यो करार तथा ज्यालादारी कर्मचारी संख्यामा कटौती

— नेपाल वायुसेवा निगमले आन्तरिक उडानहरूको संख्यामा आएको कमी र सञ्चालन स्थितिअनुसार करार तथा मासिक ज्यालादारीमा कार्यरत केही कर्मचारीको सेवा अन्त्य गरेको जनाएको छ ।


निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार, निगमले सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा सीमित उडान भइरहेका स्थानहरूमा आवश्यकतानुसार कर्मचारी संख्या घटाउने नीतिअनुसार यो निर्णय गरेको हो।

'निगमले करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीको सेवा आजको मितिदेखि नै अन्त्य गरेको छ,' प्रवक्ता घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार यो कदम निगमलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्दै बदलिँदो परिस्थिति र आर्थिक दायित्वलाई सन्तुलनमा ल्याउने उद्देश्यले गरिएको हो।

हाल निगममा जम्मा १,४७६ जना कर्मचारी कार्यरत छन्। तीमध्ये ३०८ जना करारमा, २७७ जना मासिक ज्यालादारीमा, र ८९१ जना स्थायी रूपमा कार्यरत रहेको निगमले जनाएको छ।

निगमको आर्थिक भार कम गर्दै कार्यक्षमता अभिवृद्धि गर्ने दीर्घकालीन उद्देश्यका साथ सुधारात्मक कदमको थालनी गरिएको हो । निगमले आगामी दिनमा पनि संगठनात्मक संरचना सुदृढ पार्दै कार्यसम्पादन सुधारका थप कदमहरू अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...
। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन ...
: धनगढीका हेमराज जोशीले साउन महिनाको पाक्षिक बम्पर पुरस्कार जितेका छन्। उनले २ सय ५० रुपैयाँको बिजुलीको बल्ब किन्दा १० लाख राशिको उपहार पाएका हुन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकका बम्पर उपहार र एक लाख रुपैयाँ विजेता दुई जनालाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो ...