मुख्य समाचार
नेपाल वायुसेवा निगमले गर्‍यो करार तथा ज्यालादारी कर्मचारी संख्यामा कटौती
नेपाल वायुसेवा निगमले गर्‍यो करार तथा ज्यालादारी कर्मचारी संख्यामा कटौती

— नेपाल वायुसेवा निगमले आन्तरिक उडानहरूको संख्यामा आएको कमी र सञ्चालन स्थितिअनुसार करार तथा मासिक ज्यालादारीमा कार्यरत केही कर्मचारीको सेवा अन्त्य गरेको जनाएको छ ।


निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार, निगमले सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा सीमित उडान भइरहेका स्थानहरूमा आवश्यकतानुसार कर्मचारी संख्या घटाउने नीतिअनुसार यो निर्णय गरेको हो।

'निगमले करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीको सेवा आजको मितिदेखि नै अन्त्य गरेको छ,' प्रवक्ता घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार यो कदम निगमलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्दै बदलिँदो परिस्थिति र आर्थिक दायित्वलाई सन्तुलनमा ल्याउने उद्देश्यले गरिएको हो।

हाल निगममा जम्मा १,४७६ जना कर्मचारी कार्यरत छन्। तीमध्ये ३०८ जना करारमा, २७७ जना मासिक ज्यालादारीमा, र ८९१ जना स्थायी रूपमा कार्यरत रहेको निगमले जनाएको छ।

निगमको आर्थिक भार कम गर्दै कार्यक्षमता अभिवृद्धि गर्ने दीर्घकालीन उद्देश्यका साथ सुधारात्मक कदमको थालनी गरिएको हो । निगमले आगामी दिनमा पनि संगठनात्मक संरचना सुदृढ पार्दै कार्यसम्पादन सुधारका थप कदमहरू अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ। अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली ...
। यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ । मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा ...
। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो ...
। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, ...
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...