मुख्य समाचार
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जाम्बोरी एजुकेसन नेपालसँग प्रायोजन सम्झौता
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जाम्बोरी एजुकेसन नेपालसँग प्रायोजन सम्झौता

— काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जाम्बोरी एजुकेसन नेपालसँग प्रायोजन सम्झौता गरेको छ ।


गोर्खाजले जाम्बोरीसँग ‘नलेज’ पार्टनरको रुपमा सम्झौता गरेको हो ।

जाम्बोरीले एक दशकभन्दा बढी समयदेखि विद्यार्थीलाई स्याट, टोफेल, आईएलटीएस, जीआरई, जिम्याट जस्ता अन्तर्राष्ट्रिय परीक्षाको तयारी गराएर अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडामा उच्च शिक्षा अध्ययनका लागि उपयुक्त विश्वविद्यालय छनोट र आवेदन प्रक्रियामा मार्गदर्शन गर्दै आएको छ ।

मंसिर १ देखि हुने दोस्रो संस्करणको एनपीएलमा गोर्खाजले आफ्नो टाउजरमा जाम्बोरी एजुकेसनको लोगो लगाएर खेल्ने छ । यसपालि पहिलो दिनै गोर्खाजले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससँग खेलेर एनपीएल सुरु गर्दै । मोन्टी देसाईको प्रशिक्षणमा काठमान्डु गोर्खाज तयारीमा व्यस्त छ ।

गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र जाम्बोरी एजुकेसनका प्रबन्ध निर्देशक मनोज पराजुलीले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यकारी निर्देशक सिरोहियाले जाम्बोरीले शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै यस सहकार्यले खेलकुद र शिक्षाबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे ।


जाम्बोरीका प्रबन्ध निर्देशक पराजुलीले शिक्षा र खेल दुवै युवाको क्षमता र अनुशासन विकास गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए ।

काठमाडौं गोर्खाजले यसअघि मुख्य प्रायोजकमा वर्ल्ड लिंक, गोल्ड पार्टनरमा शिखर इन्स्योरेन्स, ड्रिंक पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिंक, अफिसियल एजुकेसन पार्टनरमा आईआईएमएस कलेजसँग प्रायोजन सम्झौता गरिसकेको छ । अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...