मुख्य समाचार
दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ
दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

— भदौ २४ गतेको प्रदर्शनका क्रममा घोराही र तुलसीपुरका विभिन्न सरकारी कार्यालय आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले बुधबार १० जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा जिल्ला अदालत घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने दुई तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने तीन जना रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

यसैगरी उच्च अदालत तुलसीपुरमा आगजनी, तोडफोड र लुटपाट गर्ने दुई तथा तुलसीपुर बसपार्कस्थित अस्थायी प्रहरी पोष्टमा आगजनी, तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ परेको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला अदालत घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने तुलसीपुर उपमहानगरपालिका–१ भमके घर भई हाल घोराही उपमहानगरपालिका–१५, ट्राफिक चोक डेरा गरी बस्ने २५ वर्षीय नविन नेपाली र अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउले घर भई घोराही–१४, नयाँ बजार डेरा गरी बस्ने ३७ वर्षीय कृष्ण पाण्डे छन् । उनीहरूलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी शाहले बताए ।

यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने घोराही–१५, मिलनचोकका १८ वर्षीय हैदर अली, ३० वर्षीय आकाश गिरी र घोराही–३, भानपुर निवासी ४७ वर्षीय बसन्त अधिकारी पक्राउ परेका छन् । उनीहरूलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी शाहले जानकारी दिए ।


यसैगरी उच्च अदालत तुलसीपुरमा आगजनी, तोडफोड र लुटपाट गर्ने तुलसीपुर–७, राजापुरका २६ वर्षीय रुपेश नेपाली र सल्यानको बागचौर नगरपालिका–२ घर भई हाल तुलसीपुर–९, बेलुवा बस्ने १८ वर्षीय सुनिल वली पक्राउ परेका छन् ।

यस्तै, तुलसीपुर बसपार्कस्थित अस्थायी प्रहरी पोष्टमा आगजनी, तोडफोड र लुटपाट गर्ने तुलसीपुर–५, बसपार्क निवासी २० वर्षीय करण सुनार, १८ वर्षीय मुकेश भण्डारी र तुलसीपुर–६, शान्तिनगर टोल निवासी १८ वर्षीय ज्ञानेन्द्र गन्धर्व पक्राउ परेका छन् । उनीहरू सबैलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ को प्रदर्शनका क्रममा आपराधिक उपद्रो, तोडफोड तथा आगजनीमा संलग्न पाँच जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौ २४ गते हेटौंडा उपमहानगरपालिका–११, नवलपुर बस्ने सुशील पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा त्यही ठाउँका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको ...
— कांग्रेस नेता रमेश लेखकले विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम बढाउने भन्दै उनले नियमित महाधिवेशनकै लागि तीनवटा विकल्प प्रस्तुत गरेका छन् । ‘विशेष भन्नेबित्तिकै बेमेलको अधिवेशन हुन्छ । विशेष महाविधेशन गर्नुपर्ने पक्ष र नगर्ने पक्षबीच बेमेल हुन्छ । विधानले चालीस प्रतिशतले विशेष अधिवेशन बोलाउने भनेको छ । तर यसको कार्यविधि र गर्न पाउने क्षेत्राधिकारको विषय ...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा मुद्दा दायर
— प्रहरीले ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा ३८ वर्षीय एक युवालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले थप ६ जना माथि मुद्दा दायर गरी खोजी कार्य भइरहेको जानकारी दिएको छ । ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षीय रमेश तिमिल्सिनालाई आइतबार राति कुटपिटबाट घाइते भएका थिए । कालगतिले मृत्यु भएका घरमा कुरुवा बस्न ...
— डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ, मिल्सले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएका हुन् । प्राधिकरणका अनुसार जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख, अर्घाखाँचीले १ करोड ६० ...