मुख्य समाचार
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिससँग प्रायोजन सम्झौता
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिससँग प्रायोजन सम्झौता

— साबिक च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि बुधबार क्लाउड एजुकेसन एन्ड भिसा सर्भिससँग प्रायोजन सम्झौता गरेको छ ।


क्लाउड जनकपुर टोलीको आधिकारिक एजुकेसन कन्सल्टेन्सको रूपमा रहने छ । अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको क्लाउडले नेपालमा काम गर्दै आएको छ ।

सम्झौतामा जनकपुरका प्रबन्ध निर्देशक निरोज खतिवडा र क्लाउडका प्रमुख कार्यकारी अधिकृत अनिश गौतमले हस्ताक्षर गरे । सीईओ गौतमले राम्रो टिम स्पिरिटका साथ खेलेर ट्रफी रक्षा गर्न शुभकामना दिए । गत वर्ष जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।

प्रबन्ध निर्देशक खतिवडाले यो साझेदारी लामोसम्म जाने विश्वास लिए । जनकपुर खेलाडीले लगाउने हेल्मेटमा क्लाउड नेपालको लोगो हुनेछ । एनपीएललाई जनकपुरले नेपाल ल्युबसँग लुब्रिकन पार्टनरको रूपमा सम्झौता गरिसकेको छ ।

गत वर्ष जनकपुरलाई उपाधि दिलाएका प्रशिक्षक पुबुदु दासानायके विराटनगर किंग्स लागिसकेका छन् । उनको स्थानमा जनकपुरले वेस्ट इन्डिजका ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई प्रशिक्षक बनाइसकेको छ । गत सिजन जनकपुरको कप्तानी गरेका अनिल शाहले नयाँ प्रशिक्षकबाट थप सिक्न पाउने अपेक्षा राखे । उनले यो सिजन टोलीको कप्तानी कस्ले गर्ने भन्नेबारे टोलीले घोषणा गर्न बाँकी भएको सुनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...