मुख्य समाचार
राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको
राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको

— मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् ।


काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले उक्त धारणा राखेका हुन् । युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाई अगाडि बढाउनुपर्ने नेता रावलले बताए ।

मुलुकको विकास र शान्ति सुव्यवस्थाका लागि कम्युनिस्टहरु एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको समेत दाबी गरे । उनले भने, ‘देशभक्त, प्रगतिशील कम्युनिस्टहरू एकताबद्ध, निस्वार्थ भएर र नेतृत्वले पनि देशभक्त पार्टी बनाउँछु भनेर कम्मर कसेन भने हाम्रा क्षेप्यास्त्र खाने दिन धेरै टाढा छैनन्,' उनले भने, 'त्यसैले नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाऔँ, क्षेप्यास्त्र रोकौं । बाहिरी हस्तक्षेप र देशलाई टुक्रिनबाट रोक्न नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाएर लैजानुपर्छ । खेत बाँझो हुन, युवाहरुलाई विदेश जानबाट रोकौं ।’

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सत्ता स्वार्थ र अहंकारका कारण तत्कालीन नेकपा नटिकेको उल्लेख गरे । ओलीको अहंकारी र घमण्डी चरित्रकै कारण एमाले आज स्वर्गीय नेता मदन भण्डारीको परिवारको समेत हुन नसकेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ को प्रदर्शनका क्रममा आपराधिक उपद्रो, तोडफोड तथा आगजनीमा संलग्न पाँच जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौ २४ गते हेटौंडा उपमहानगरपालिका–११, नवलपुर बस्ने सुशील पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा त्यही ठाउँका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको ...
— कांग्रेस नेता रमेश लेखकले विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम बढाउने भन्दै उनले नियमित महाधिवेशनकै लागि तीनवटा विकल्प प्रस्तुत गरेका छन् । ‘विशेष भन्नेबित्तिकै बेमेलको अधिवेशन हुन्छ । विशेष महाविधेशन गर्नुपर्ने पक्ष र नगर्ने पक्षबीच बेमेल हुन्छ । विधानले चालीस प्रतिशतले विशेष अधिवेशन बोलाउने भनेको छ । तर यसको कार्यविधि र गर्न पाउने क्षेत्राधिकारको विषय ...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा मुद्दा दायर
— प्रहरीले ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा ३८ वर्षीय एक युवालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले थप ६ जना माथि मुद्दा दायर गरी खोजी कार्य भइरहेको जानकारी दिएको छ । ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षीय रमेश तिमिल्सिनालाई आइतबार राति कुटपिटबाट घाइते भएका थिए । कालगतिले मृत्यु भएका घरमा कुरुवा बस्न ...
— डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ, मिल्सले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएका हुन् । प्राधिकरणका अनुसार जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख, अर्घाखाँचीले १ करोड ६० ...