मुख्य समाचार
ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्नु आफ्नो कर्तव्य रहेको बताएका छन्
ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्नु आफ्नो कर्तव्य रहेको बताएका छन्

— बीबीसीको पानारोमा शृंखलाअन्तर्गत ‘ट्रम्प : अ सेकेन्ड टाइम ?’ वृत्तचित्रमा यस भाषणलाई काँटछाँट गरेर राखिएको थियो । सुरुका केही शब्दमा अन्त्यतिरका केही शब्द मिलाउँदा आफुले अमेरिकी सदनमा हमला गर्नका लागि जनतालाई उत्तेजित बनाएजस्तो सुनिएको ट्रम्पको आरोप छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्नु आफ्नो कर्तव्य रहेको बताएका छन् । फक्स न्युजको ‘द इन्ग्राहम एन्जल’ कार्यक्रममा कुराकानी गर्दै उनले ६ जनवरी २०२१ मा आफुले दिएको भाषणको हत्या गरिएको र दर्शकलाई धोकामा राख्नेगरी यसलाई प्रस्तुत गरिएको बताए ।

बीबीसीको पानारोमा शृंखलाअन्तर्गत ‘ट्रम्प : अ सेकेन्ड टाइम ?’ वृत्तचित्रमा यस भाषणलाई काँटछाँट गरेर राखिएको थियो । सुरुका केही शब्दमा अन्त्यतिरका केही शब्द मिलाउँदा आफुले अमेरिकी सदनमा हमला गर्नका लागि जनतालाई उत्तेजित बनाएजस्तो : सुनिएको उनको आरोप छ । यो वृत्तचित्र सन् २०२४ को अमेरिकी चुनावको एक साताअघि मात्रै सार्वजनिक भएको थियो । बेलायती सञ्चारमाध्यम टेलिग्राफमा बीबीसीको आन्तरिक परिपत्रबारे एक समाचार प्रकाशित भएपछि यो विषय फेरि विवादमा तानिएको हो ।

त्यसयता, ट्रम्पका वकिलले आइतबार बीबीसीलाई पत्र लेखेका थिए । जसमा माफी माग्नुपर्ने र राष्ट्रपति ट्रम्पमाथि भएको हानीको क्षतिपुर्ति दिनुपर्ने उल्लेख थियो । यस विषयमा प्रतिक्रिया दिनका लागि बीबीसीलाई शुक्रबारसम्मको समयसीमा दिइएको छ ।
.
ट्रम्पले सामाजिक सञ्जालमार्फत १ अर्ब डलर क्षतिपुर्तिसहितको मुद्दा दायर गर्ने चेतावनी पनि दिएका थिए । फक्स न्युजसँगको कुराकानीमा उनले आफ्नो त्यही चेतावनी अडान दोहोर्‍याए ।

‘अब मुद्दा हाल्नुहुन्छ ?’ भन्ने प्रश्नको जवाफ उनले यसरी दिए : ‘पक्कै पनि मैले हाल्नुपर्छ । किन हाल्ने किनकी उनीहरुले जनतालाई धोका दिएका छन् र त्यसलाई स्विकारको छन् ।’

ट्रम्पले थपे, ‘उनीहरुले खासमा ६ जनवरीको मेरो भाषण तोडमोड गरे । यो एउटा सुन्दर भाषण थियो । तर, यसलाई उनीहरुले अतिवादीजस्तो सुनिने बनाए ।’



यसअघि सीबीएस र एबीसी न्युजसँग पनि समाचारकै विषयलाई लिएर ट्रम्पले विवाद गरेका थिए । माफी माग्दै क्षतिपुर्तिस्वरुप ती समाचार संस्थाले केही रकम बुझाउने निर्णय गरेपछि यो विवाद सल्टिएको थियो ।

बीबीसीले पनि यस घटनामा माफी मागिसकेको छ । बीबीसीका महाप्रबन्धक डेभी र समाचार प्रमुख टर्नेसले त्रुटि स्विकार गर्दै राजीनामा दिइसकेका छन् । 'त्रुटिहरू भएका छन् । तर संस्थागत रूपमै बीबीसी पूर्वाग्रही छ भन्ने अहिलेका आरोपहरू गलत छन्,' नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएकी समाचार विभाग प्रमुख टर्नेसले भनेकी छिन् ।

निवर्तमान महाप्रबन्धक डेभीले पत्रकारिताका पक्षमा लड्न बीबीसीका सबै कर्मचारीसँग आग्रह गरेका छन् । उनले प्राविधक त्रुटि भए स्विकार गर्दै कोही-कसैविरुद्ध नियोजित रुपमा लाग्ने नीति बीबीसीको नरहेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम