मुख्य समाचार
मधेश प्रदेशको मुख्यमन्त्री विवादमा ७४ सांसदले दर्ता गरेको रिटलाई कात्तिक ३० मा सुनुवाइ गर्ने आदेश
मधेश प्रदेशको मुख्यमन्त्री विवादमा ७४ सांसदले दर्ता गरेको रिटलाई कात्तिक ३० मा सुनुवाइ गर्ने आदेश

— सर्वोच्च अदालतले मधेश प्रदेशको मुख्यमन्त्री विवादमा ७४ सांसदले दर्ता गरेको रिटलाई कात्तिक ३० मा सुनुवाइ गर्ने आदेश दिएको छ। त्यसैगरी सर्वोच्चले कात्तिक २३ गते एमालेका सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नेसम्बन्धी सम्पूर्ण फाइल पेस गर्न पनि भनेको छ।


न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले निवेदकले माग गरेको अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षको छलफल आवश्यक भएको भन्दै ३० गतेका लागि इजलासले पेसी तोकेको हो।

नेकपा एमाले बाहेकका ७४ सांसदले यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। यही विवादमा मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो। सर्वोच्चले मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको थियो।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राईसहितका नेता सर्वोच्च पुगेका हुन्।

मधेश प्रदेशमा १ सय ७ जना सांसद छन्। सरकार बनाउन ५४ सांसद बहुमत संख्या हो। एमालेका सभामुखसहित २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन्। यसमध्ये एमालेका सांसद दीपेन्द्र ठाकुर, जसपाका सांसद सरोजसिंह कुशवाह, लोसपाका सांसद अभिराम शर्मा निलम्बित छन्। मधेश प्रदेशसभामा हाल कायम सदस्य संख्या १ सय ४ हो।

प्रदेश प्रमुखले एमाले नेता सरोज यादवलाई सोमबार सबेरै बर्दिबासको एउटा होटलमा मुख्यमन्त्रीको शपथ गराएकी थिइन्। त्यसको राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा गलत भन्दै आलोचना भएसँगै विवाद अदालतमा पनि पुगेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ को प्रदर्शनका क्रममा आपराधिक उपद्रो, तोडफोड तथा आगजनीमा संलग्न पाँच जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौ २४ गते हेटौंडा उपमहानगरपालिका–११, नवलपुर बस्ने सुशील पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा त्यही ठाउँका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको ...
— कांग्रेस नेता रमेश लेखकले विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम बढाउने भन्दै उनले नियमित महाधिवेशनकै लागि तीनवटा विकल्प प्रस्तुत गरेका छन् । ‘विशेष भन्नेबित्तिकै बेमेलको अधिवेशन हुन्छ । विशेष महाविधेशन गर्नुपर्ने पक्ष र नगर्ने पक्षबीच बेमेल हुन्छ । विधानले चालीस प्रतिशतले विशेष अधिवेशन बोलाउने भनेको छ । तर यसको कार्यविधि र गर्न पाउने क्षेत्राधिकारको विषय ...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा मुद्दा दायर
— प्रहरीले ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा ३८ वर्षीय एक युवालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले थप ६ जना माथि मुद्दा दायर गरी खोजी कार्य भइरहेको जानकारी दिएको छ । ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षीय रमेश तिमिल्सिनालाई आइतबार राति कुटपिटबाट घाइते भएका थिए । कालगतिले मृत्यु भएका घरमा कुरुवा बस्न ...
— डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ, मिल्सले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएका हुन् । प्राधिकरणका अनुसार जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख, अर्घाखाँचीले १ करोड ६० ...