मुख्य समाचार
होटल ह्यात रिजेन्सीले आफ्ना स्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई मासिक पारिश्रमिक दिन नसक्ने जनाउँदै श्रमिक कटौती
होटल ह्यात रिजेन्सीले आफ्ना स्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई मासिक पारिश्रमिक दिन नसक्ने जनाउँदै श्रमिक कटौती

— जेन-जी आन्दोलनलगत्तै बन्द रहेको बौद्धस्थित पाँचतारे होटल ह्यात रिजेन्सीले आफ्ना स्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई मासिक पारिश्रमिक दिन नसक्ने जनाउँदै श्रमिक कटौती गरेको छ। यो निर्णयसँगै दसकौंदेखि कार्यरत झन्डै ५ सयभन्दा बढी कामदारको रोजीरोटी संकटमा परेको ट्रेड युनियनहरूले बताएका छन्।


उनीहरूका अनुसार, होटलमा स्थायी १ सय ४८, करारमा करिब ३ सय र ज्यालादारीमा ६० जना कर्मचारी कार्यरत छन्।

‘ह्यात स्थापना भएदेखि नै यहाँ कार्यरत धेरै छौँ । २५ वर्षको सेवापछि हामीलाई एक्कासि घर पठाउने निर्णय भयो। जेन-जी आन्दोलनपछि सरकारले सहुलियत कर्जा घोषणा गरेको छ, कर्मचारीको हितमा नीति ल्याएको छ। तर, यो होटल, जसमा नेपाल सरकारको समेत लगानी छ । यो प्रतिष्ठानले हामीलाई अन्यायपूर्वक निकाल्ने निर्णय गर्‍यो,’ नेपाल ट्रेड युनियन कांग्रेस निकट एक श्रमिक नेताले भने।

उनका अनुसार, उक्त निर्णयले त्यहाँ कार्यरत सबै ट्रेड युनियनहरू आक्रोशित बनेका छन्। ‘हामीले पुनर्निर्माण अवधिमा न्यूनतम तलब दिएर रोजगारी सुरक्षित राख्न र होटल पुनः सञ्चालन भएपछि निरन्तरता दिन माग गरेका छौं,’ उनले थपे, ‘तर व्यवस्थापन मानिरहेको छैन ।’

जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएको प्रदर्शनका क्रममा होटलमा अपराधिक समूह प्रवेश गरी तोडफोड, लुटपाट र आगजनीसमेत भएको थियो। त्यसबेलादेखि होटलका सबै सेवा बन्द छन्। होटलको चार तलाबाट हाम फाल्दा एक भारतीय महिला पर्यटकको अस्पतालमा निधन भएको थियो ।

होटल व्यवस्थापनले पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने जनाउँदै अघिल्लो महिना नै सूचना जारी गरेको थियो। तो सूचनामा, पुनर्निर्माण अवधिमा होटल सञ्चालन नहुने र कर्मचारीहरूलाई अस्थायी रूपमा नआउन आग्रह गरिएको थियो।

तर, सो सूचनाको होटलमा क्रियाशील श्रमिक संघहरू नेपाल पर्यटन तथा होटलसम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुराँ मजंदुर संघ लगायतले कडा विरोध गर्दै आएका थिए।



होटलका महाप्रबन्धक आशिष कुमारले विज्ञप्तिमार्फत ‘होटल मर्मतसम्भारको कार्य प्रारम्भ भइसकेको छ। यसका लागि आर्थिक स्रोत जुटाउने र खर्च व्यवस्थापन गर्ने आवश्यक छ। यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकलाई काममा राख्न सम्भव नभएकाले, श्रमिक ऐन २०७४ बमोजिम २०८२ मंसिर २२ गतेदेखि श्रमिक कटौती लागू गरिएको’ भनेका छन् ।

श्रमिक पक्षले भने व्यवस्थापनले कोभिड-१९ महामारीताका पनि श्रमिकमाथि अन्याय गरेको आरोप लगाउँदै संघर्षका कार्यक्रमहरू अघि बढाउने चेतावनी दिएका छन्।

ट्रेड युनियनहरूले भनेका छन्, ‘ह्यातजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डले यस्तो निर्णय गर्नुले नेपालको श्रम नीति र पर्यटन छविमाथि नकारात्मक प्रभाव पार्छ। सरकारले तत्काल हस्तक्षेप गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ को प्रदर्शनका क्रममा आपराधिक उपद्रो, तोडफोड तथा आगजनीमा संलग्न पाँच जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौ २४ गते हेटौंडा उपमहानगरपालिका–११, नवलपुर बस्ने सुशील पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा त्यही ठाउँका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको ...
— कांग्रेस नेता रमेश लेखकले विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम बढाउने भन्दै उनले नियमित महाधिवेशनकै लागि तीनवटा विकल्प प्रस्तुत गरेका छन् । ‘विशेष भन्नेबित्तिकै बेमेलको अधिवेशन हुन्छ । विशेष महाविधेशन गर्नुपर्ने पक्ष र नगर्ने पक्षबीच बेमेल हुन्छ । विधानले चालीस प्रतिशतले विशेष अधिवेशन बोलाउने भनेको छ । तर यसको कार्यविधि र गर्न पाउने क्षेत्राधिकारको विषय ...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा मुद्दा दायर
— प्रहरीले ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा ३८ वर्षीय एक युवालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले थप ६ जना माथि मुद्दा दायर गरी खोजी कार्य भइरहेको जानकारी दिएको छ । ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षीय रमेश तिमिल्सिनालाई आइतबार राति कुटपिटबाट घाइते भएका थिए । कालगतिले मृत्यु भएका घरमा कुरुवा बस्न ...
— डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ, मिल्सले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएका हुन् । प्राधिकरणका अनुसार जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख, अर्घाखाँचीले १ करोड ६० ...