— अजरबैजानबाट देशका लागि उडेको विमान जर्जिया–अजरबैजान सीमाक्षेत्रमा दुर्घटनामा पर्यो, टर्कीका रक्षामन्त्री यासर गुलेरले एक्समा लेखेका छन् ।
अजरबैजान–जर्जियाको सीमाक्षेत्र नजिक दुर्घटनामा परेको टर्किस सेनाको सी–१३० हर्कुलस कार्गो विमानमा सवार सबै २० सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । यो विमान अजरबैजानबाट टर्की जाने क्रममा दुर्घटनामा परेको हो ।
‘हाम्रा नायक कमाण्डरहरु ११ नोभेम्बर २०२५ मा सहिद भएका छन् । जब उनले दुर्घटनामा मृत्यु भएकाहरुको तस्विर पनि यस सन्देशसँगै अपलोड गरेका छन् ।
अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले टर्किस राष्ट्रपति तैयप इर्दोगानलाई सन्देश पठाउँदै यस घटनाले आफु दुखित भएको बताएका छन् । टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले पनि एक्समार्फत दुख व्यक्त गरेका छन् । सी–१३० अमेरिकामा बनेको कार्गो विमान हो । यसलाई विश्वका विभिन्न देशका सैनिकले सामाग्री ढुवानीका लागि प्रयोग गर्दै आएका छन् ।