मुख्य समाचार
तिब्बतको न्यालम भन्सारमा नेपालतर्फ पठाउन लागिएका मालसामानका सयौं कन्टेनर जाँचपासमा ढिलाइ हुँदा चिनियाँ क्षेत्रमै रोकिए
तिब्बतको न्यालम भन्सारमा नेपालतर्फ पठाउन लागिएका मालसामानका सयौं कन्टेनर जाँचपासमा ढिलाइ हुँदा चिनियाँ क्षेत्रमै रोकिए

— तिब्बतको न्यालम भन्सारमा नेपालतर्फ पठाउन लागिएका मालसामानका सयौं कन्टेनर जाँचपासमा ढिलाइ हुँदा चिनियाँ क्षेत्रमै रोकिएका छन् । भन्सार जाँचपासमा भएको ढिलाइका कारण न्यालम, खासालगायत बजार क्षेत्रमा करिब ६ सय कन्टेनर अड्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जनाए ।


‘दसैं–तिहार अघिदेखिको समस्या अझै समाधान भएको छैन । ढिलाइका कारण करोडौं मूल्यका सामान बोकेका कन्टेनर चीनमै थन्किएका छन् । व्यापारी आजित छन्, सरकारले तत्काल पहल गर्नुपर्छ,’ बस्नेतले भने ।

व्यवसायीका अनुसार फलफूल, कपडा, दैनिक उपभोग्य वस्तुभन्दा विद्युतीय सवारीसाधनको जाँचलाई प्राथमिकता दिइँदा अन्य कन्टेनर रोकिएका हुन् । रसुवा नाका २४ असारदेखि बन्द रहँदा सम्पूर्ण व्यापार तातोपानी नाकातर्फ ‘डाइभर्ट’ भएको छ । तर पहिरोका कारण कोदारी सडक करिब दुई महिना अवरुद्ध हुँदा चाडपर्वका लागि ल्याइएका सामग्री लामो समय उतै थन्किएका हुन् । दसैंअघि केही कन्टेनर मुस्ताङस्थित कोरोला नाकाबाट पनि नेपाल भित्रिएका थिए ।

फलफूलजस्ता वस्तुलाई ‘ग्रिन च्यानल’ प्रणालीअन्तर्गत छिटो क्लियरेन्स दिनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । तर चिनियाँ भन्सार अधिकारीहरूले त्यस्ता वस्तुमा समेत अनावश्यक ढिलाइ र अलमल गरिरहेको व्यापारीको गुनासो छ । ढिलाइ चीनतर्फकै प्रक्रियामा भएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ को प्रदर्शनका क्रममा आपराधिक उपद्रो, तोडफोड तथा आगजनीमा संलग्न पाँच जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौ २४ गते हेटौंडा उपमहानगरपालिका–११, नवलपुर बस्ने सुशील पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा त्यही ठाउँका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको ...
— कांग्रेस नेता रमेश लेखकले विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम बढाउने भन्दै उनले नियमित महाधिवेशनकै लागि तीनवटा विकल्प प्रस्तुत गरेका छन् । ‘विशेष भन्नेबित्तिकै बेमेलको अधिवेशन हुन्छ । विशेष महाविधेशन गर्नुपर्ने पक्ष र नगर्ने पक्षबीच बेमेल हुन्छ । विधानले चालीस प्रतिशतले विशेष अधिवेशन बोलाउने भनेको छ । तर यसको कार्यविधि र गर्न पाउने क्षेत्राधिकारको विषय ...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा मुद्दा दायर
— प्रहरीले ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा ३८ वर्षीय एक युवालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले थप ६ जना माथि मुद्दा दायर गरी खोजी कार्य भइरहेको जानकारी दिएको छ । ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षीय रमेश तिमिल्सिनालाई आइतबार राति कुटपिटबाट घाइते भएका थिए । कालगतिले मृत्यु भएका घरमा कुरुवा बस्न ...
— डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ, मिल्सले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएका हुन् । प्राधिकरणका अनुसार जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख, अर्घाखाँचीले १ करोड ६० ...