मुख्य समाचार
सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आए पनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द
सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आए पनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द

— सदरमुकाम सिमकोट चार दिनदेखि अन्धकारमा परेको छ। सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आए पनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो।


अन्य विद्युत् स्रोत नहुँदा विद्युत्बाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन्। यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भए पनि हिउँदको समयमा खासै घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्न समेत समस्या भएको छ।

मोबाइल र ल्यापटप चार्ज गर्नसमेत नपाएकाले समाचार सङ्कलन र सम्प्रेषणमा समेत समस्या भएको सञ्चारकर्मी नरजङ तामाङले बताए। सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको विद्युत्गृहलगायतका संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् वितरण बन्द गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले बताए।

मर्मत कार्य चाँडो गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले मर्मतस्थलमा पुगेर निर्देशन दिएका छन्। शनिबारसम्म विद्युत् आपूर्ति सञ्चालन गर्ने गरी काम भइरहेको उनले बताए।

त्यसैगरी मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानको पनि मर्मत कार्य पूरा भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले उक्त धारणा राखेका हुन् । युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ ...
— लागू औषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अन्तरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । पक्राउ पर्नेमा पाटन नगरपालिका–६, कडालीका २३ वर्षीय कपिल कठायत र पाटन नगरपालिका–४ खोल्सी, मोहनपुरकाका ३० वर्षीय हिमाल भट्ट रहेका छन् । कठायतलाई बुधबार ३ ग्राम २ सय २० ...
— जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका बन्दुकका गोलीसहित दुई जना पक्राउ परेका छन् । लागुपदार्थ ब्युरो इकाइ काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक कोठाबाट बुधबार गोली बरामद गरेको हो । प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ रामचोकमा डेरा गरी बस्ने २७ वर्षीया इस्रप खातुनको ...
— कांग्रेसले सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि मात्रै महाधिवेशनसम्बन्धी विवाद टुंगो लगाउने भएको छ । स्वास्थ्य उपचारका लागि १० कात्तिकमा सिंगापुर गएका देउवा शुक्रबार फर्कने तयारी छ । देउवा २८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेबारी दिएर सक्रिय राजनीतिबाट अलग भएका थिए । यसबीचमा नियमित वा विशेष महाधिवेशन कहिले गर्ने भन्ने विवादले ...
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र एमालेबाट छुट्टिएको नेकपा (एकीकृत समाजवादी) बीच एकता भई ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेपछि वाम राजनीतिक वृत्तमा नयाँ अध्याय सुरु भएको छ । टुटेको कडी जोडियो तत्कालीन नेकपामा हुँदा केपी शर्मा ओली समूहसँगको सम्बन्धविच्छेदपछि प्रचण्ड नेतृत्वको पूर्वमाओवादी धार र माधवकुमार नेपाल नेतृत्वको पूर्वएमाले धार सहकार्य र एकतामै थिए । यी दुई धार एक ठाउँ ...