मुख्य समाचार
मधेसमा एमालेकै तर्फबाट मुख्यमन्त्री बनाइए पनि त्यसरी मुख्यमन्त्री बनाउनु गलत
मधेसमा एमालेकै तर्फबाट मुख्यमन्त्री बनाइए पनि त्यसरी मुख्यमन्त्री बनाउनु गलत

— नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले मधेसमा एमालेकै तर्फबाट मुख्यमन्त्री बनाइए पनि त्यसरी मुख्यमन्त्री बनाउनु गलत भएको बताएका छन्।


बुधबार बिहान नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै नेता पाण्डेले भने, ‘जे सुकै भए पनि मुख्यमन्त्री बन्ने कुरा खासखुस गरेर कोठामा बसेर गर्नु गलत हो। यो त राजनीतिकरुपमा गर्नुपर्‍यो। यसरी लुकेर बनेपछि सरकार कसरी चलाउँछन्?'

उनले व्यक्तिगत रूपमा त्यहाँ मुख्यमन्त्री हुने व्यक्तिले किन यसो गरे भनेर छलफल हुनुपर्ने बताए। 'यो त एमालेको सिङ्गो निर्णय नै यही हो कि भन्ने भयो। एमाले नै दुई धारमा उभिएको झैँ देखियो,’उनले भने। नहुने भइसकेपछि सम्हालिएर जानुपर्ने तर यसैलाई आधार बनाएर मुठभेडमा जान नहुने उनले अपिल गरे।

नेता पाण्डेले महाधिवेशनमा आउने सबै प्रतिनिधिको हैसियत बराबर हुने बताए। सञ्चारमाध्यमहरूमा महाधिवेशनमा आफूले बाहेक अरूले नबोल्ने कुरा वर्तमान अध्यक्ष केपी शर्मा ओलीबाट आइरहेको विषयमा उनले भने, ‘ठूलो नेता भए पनि सानो भए पनि महाधिवेशनमा आउने प्रतिनिधिहरूको हैसियत बराबर हो। राम्रो मानसिकता राखे पार्टी ठीक ढंगले अगाडि बढ्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले उक्त धारणा राखेका हुन् । युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ ...
— लागू औषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अन्तरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । पक्राउ पर्नेमा पाटन नगरपालिका–६, कडालीका २३ वर्षीय कपिल कठायत र पाटन नगरपालिका–४ खोल्सी, मोहनपुरकाका ३० वर्षीय हिमाल भट्ट रहेका छन् । कठायतलाई बुधबार ३ ग्राम २ सय २० ...
— जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका बन्दुकका गोलीसहित दुई जना पक्राउ परेका छन् । लागुपदार्थ ब्युरो इकाइ काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक कोठाबाट बुधबार गोली बरामद गरेको हो । प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ रामचोकमा डेरा गरी बस्ने २७ वर्षीया इस्रप खातुनको ...
— कांग्रेसले सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि मात्रै महाधिवेशनसम्बन्धी विवाद टुंगो लगाउने भएको छ । स्वास्थ्य उपचारका लागि १० कात्तिकमा सिंगापुर गएका देउवा शुक्रबार फर्कने तयारी छ । देउवा २८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेबारी दिएर सक्रिय राजनीतिबाट अलग भएका थिए । यसबीचमा नियमित वा विशेष महाधिवेशन कहिले गर्ने भन्ने विवादले ...
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र एमालेबाट छुट्टिएको नेकपा (एकीकृत समाजवादी) बीच एकता भई ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेपछि वाम राजनीतिक वृत्तमा नयाँ अध्याय सुरु भएको छ । टुटेको कडी जोडियो तत्कालीन नेकपामा हुँदा केपी शर्मा ओली समूहसँगको सम्बन्धविच्छेदपछि प्रचण्ड नेतृत्वको पूर्वमाओवादी धार र माधवकुमार नेपाल नेतृत्वको पूर्वएमाले धार सहकार्य र एकतामै थिए । यी दुई धार एक ठाउँ ...