मुख्य समाचार
श्याम घिमिरेले पार्टीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि औपचारिक एजेन्डा बनाउन आग्रह
श्याम घिमिरेले पार्टीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि औपचारिक एजेन्डा बनाउन आग्रह

— कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा तत्कालीन संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले पार्टीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि औपचारिक एजेन्डा बनाउन आग्रह गरेका छन्।


प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा बल पुर्‍याउन घिमिरेले केही दिनअघिदेखि विघटित संसद्का सांसदहरूको हस्ताक्षर गराएका थिए। घिमिरेले कांग्रेसका तत्कालीन ८८ सांसदमध्ये ४४ जनाले हस्ताक्षर गरेको उक्त अवसरमा जानकारी गराए।

‘कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा अहिले मात्रै नभएर पहिले पनि लिएको हो। जनजी आन्दोलनपछि भएको संसद्‌ विघटन र सरकार निर्माणलाई पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असंवैधानिक भनिसकेको छ,’ घिमिरेले भने, ‘त्यस्तो असंवैधानिक कदम सच्चाउने भनेको प्रतिनिधिसभा पुनःस्थापनाका लागि नै हो।’

घिमिरेले पार्टीले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा नबनाएर निर्वाचनमा जाने निर्णय लिएपछि तत्कालीन सांसदहरूले आफ्नो हकअधिकारका लागि सर्वोच्चमा जान पार्टीले अनुमति दिनुपर्ने बताउँदै आएका छन्।

कांग्रेस सभापति देउवा सिङ्गापुरबाट फर्कने चर्चा चलिरहेको बेला कांग्रेसभित्र तत्कालीन सांसदहरूको हस्ताक्षर गरिएको हो। कतिपय नेताहरूले देउवाकै निर्देशनमा हस्ताक्षर भएको बताउँदै आएका छन्। असोज २८ गतेदेखि सुरु भएको कांग्रेस बैठकमा आज सदस्यहरूले बोल्ने क्रम सकिएर पदाधिकारीहरूले बोल्न सुरु गरेका छन्। पदाधिकारीहरूले बोली सकेपछि कांग्रेसले महाधिवेशनको विषयमा के निर्णय गर्ने भन्नेबारे संस्थापन र इतर पक्षबीचको विवाद अझै मिलेको छैन।

संस्थापन पक्ष पुस मसान्तसम्म नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउने निर्णय पार्टीले गर्नुपर्ने माग गरिरहेका छन्। यसअघि विशेष महाधिवेशनको पक्षमा नरहेका नेता शेखर कोइराला समेत अब उक्त कित्तामा उभिन थालेका छन्। यसअघि उनले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडान लिँदै आएका थिए। नियमित महाधिवेशनको सम्भावना कम भएपछि कोइरालाले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाउनुपर्ने बताउन थालेका छन्।



विधानमा विशेष महाधिवेशन बोलाउने दुईवटा बाटा छन्। आवश्यक ठानेमा केन्द्रीय कार्यसमिति आफैंले बोलाउने व्यवस्था छ भने केन्द्रीय कार्यसमितिले आवश्यक नठाने पनि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर माग गरेमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ।

असोज २९ गते नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरिसकेका छन्। असोज २९ गतेबाट तीन महिनाभित्र विधानतः विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक स्थिति छ।

‘५४ प्रतिशतको मात्रै नभएर केन्द्रीय कार्यसमिति आफैंले बोलाउँदा सय प्रतिशत महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने विशेष महाधिवेशन हुन्छ। त्यसैले अब केन्द्रीय कार्यसमिति आफैंले बोलाउनुपर्छ, यसो गर्दा मात्रै पार्टी दुर्घटनाबाट बच्छ,’ कोइरालाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले उक्त धारणा राखेका हुन् । युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ ...
— लागू औषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अन्तरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । पक्राउ पर्नेमा पाटन नगरपालिका–६, कडालीका २३ वर्षीय कपिल कठायत र पाटन नगरपालिका–४ खोल्सी, मोहनपुरकाका ३० वर्षीय हिमाल भट्ट रहेका छन् । कठायतलाई बुधबार ३ ग्राम २ सय २० ...
— जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका बन्दुकका गोलीसहित दुई जना पक्राउ परेका छन् । लागुपदार्थ ब्युरो इकाइ काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक कोठाबाट बुधबार गोली बरामद गरेको हो । प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ रामचोकमा डेरा गरी बस्ने २७ वर्षीया इस्रप खातुनको ...
— कांग्रेसले सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि मात्रै महाधिवेशनसम्बन्धी विवाद टुंगो लगाउने भएको छ । स्वास्थ्य उपचारका लागि १० कात्तिकमा सिंगापुर गएका देउवा शुक्रबार फर्कने तयारी छ । देउवा २८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेबारी दिएर सक्रिय राजनीतिबाट अलग भएका थिए । यसबीचमा नियमित वा विशेष महाधिवेशन कहिले गर्ने भन्ने विवादले ...
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र एमालेबाट छुट्टिएको नेकपा (एकीकृत समाजवादी) बीच एकता भई ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेपछि वाम राजनीतिक वृत्तमा नयाँ अध्याय सुरु भएको छ । टुटेको कडी जोडियो तत्कालीन नेकपामा हुँदा केपी शर्मा ओली समूहसँगको सम्बन्धविच्छेदपछि प्रचण्ड नेतृत्वको पूर्वमाओवादी धार र माधवकुमार नेपाल नेतृत्वको पूर्वएमाले धार सहकार्य र एकतामै थिए । यी दुई धार एक ठाउँ ...