मुख्य समाचार
पूर्वी नेपालको प्रख्यात मुन्दुम ट्रेल (पदमार्ग) ले अन्तर्राष्ट्रिय पहाडी पदयात्रा प्रदर्शन मार्ग (इन्टरनेश्नल माउन्टेन हाइकिङ डेमोस्ट्रेशन रुट)को मान्यता
पूर्वी नेपालको प्रख्यात मुन्दुम ट्रेल (पदमार्ग) ले अन्तर्राष्ट्रिय पहाडी पदयात्रा प्रदर्शन मार्ग (इन्टरनेश्नल माउन्टेन हाइकिङ डेमोस्ट्रेशन रुट)को मान्यता

— पूर्वी नेपालको प्रख्यात मुन्दुम ट्रेल (पदमार्ग) ले अन्तर्राष्ट्रिय पहाडी पदयात्रा प्रदर्शन मार्ग (इन्टरनेश्नल माउन्टेन हाइकिङ डेमोस्ट्रेशन रुट)को मान्यता पाएको छ।


नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल (नाट्टा) का अध्यक्ष कुमारमणी थपलियाका अनुसार, यो मान्यता चीनको गुइझो प्रान्तको गुइयाङ शहरमा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन तथा बाह्य खेलकुद सम्मेलन–२०२५ मा प्रदान गरिएको हो।

ईन्टरनेश्न माउन्टेन टुरीजम अलायन्सको आयोजनामा मंगलबारदेखि पर्वतीय पर्यटन सम्बन्धी ‘संस्कृति, पर्यटन र खेलकुदको एकीकरणबाट गुणस्तरीय जीवन’ सम्मेलन चीनको गुइझो प्रान्तमा जारी छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को पनि पहलमा प्रवर्दन गरिएको मुन्दुम ट्रेल लाई प्राप्त अन्तर्राष्ट्रिय मान्यताले नेपालले पर्वतीय पर्यटनमा रहेको मौलिकता, सांस्कृतिक विविधता र दिगो पर्यटनप्रतिको प्रतिबद्धतालाई विश्वसामु उजागर गरेको जनाईएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट सहभागी नाट्टा अध्यक्ष थपलियाले नेपालका विविध प्राकृतिक भू–दृश्य, सांस्कृतिक सम्पदा र पर्यटनका सम्भावनाहरू विश्वभरका पर्यटन समुदायबिच प्रस्तुत गरेका थिए ।’मुन्दुम ट्रेललाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त हुनु नेपालका लागि गर्वको विषय हो। यसले नेपालले प्रवर्द्धन गर्न खोजेको मौलिक, स्थानीय समुदायमा आधारित र दिगो पर्वतीय पर्यटनको अवधारणालाई विश्वसामु परिचित गराएको छ। यो नेपालका लागि मात्र होइन, सम्पूर्ण दक्षिण एशियाली पर्वतीय पर्यटनको गौरव हो,’ अध्यक्ष थपलियाले भने ।

यो ट्रेलले हिमाल, पहाड, र तराईबीचको अनौठो दृश्यात्मक सन्तुलन देखाउँछ। साल्पा पोखरी, सिलिचुङ डाँडा, सगरमाथा क्षेत्रका दृश्य र घना जंगलहरू यसका प्रमुख आकर्षण हुन्।

कुल लम्बाइ करिब सय किलोमिटर रहेको यो ट्रेल पदयात्रीको रुचिअनुसार ६ देखि १० दिनसम्म पूरा गर्न सकिन्छ।यस्का मुख्य मार्गहरुमा साल्पा पोखरी, मैयुङ, दिप्रुङ, दोरपाखा, दिक्तेल, च्यास्मिटार, बखाचोल, चम्पादेवी, तावाखोला, सिलिचुङ, नेचा लगायतका स्थान पर्छन् ।

यो पदमार्गमा किराँत जातिको जीवनशैली, संस्कृति, लोककथा, परम्परा, र धर्मसँग सम्बन्धित स्थलहरू भेटिन्छन्।मुन्दुम ट्रेल पदयात्रीहरुले ‘अथेन्टिक’ र ‘शान्तिपूर्ण’ मान्दछन । स्थानीय किराँत बस्तीहरू, झरना, डाँडा, र साँघुरो बाटाहरू पार गर्दै पदयात्रीले नेपालको मौलिक पहाडी संस्कृति नजिकबाट अनुभव गर्न पाउछन् ।



यो क्षेत्रमा २,५०० मिटरदेखि ४,२०० मिटर उचाइसम्मको भू–परिदृश्य छ । दुर्लभ वनस्पति, औषधिजन्य जडीबुटी र चराचुरुङ्गीका प्रजातिहरू समेटेको छ । सामुदायिक पहलमा विकसित गरिएको यो पदमार्गमा स्थानीय (होमस्टे), परम्परागत खानपान, र सांस्कृतिक प्रस्तुतिको अनुभव गर्न पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले उक्त धारणा राखेका हुन् । युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ ...
— लागू औषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अन्तरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । पक्राउ पर्नेमा पाटन नगरपालिका–६, कडालीका २३ वर्षीय कपिल कठायत र पाटन नगरपालिका–४ खोल्सी, मोहनपुरकाका ३० वर्षीय हिमाल भट्ट रहेका छन् । कठायतलाई बुधबार ३ ग्राम २ सय २० ...
— जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका बन्दुकका गोलीसहित दुई जना पक्राउ परेका छन् । लागुपदार्थ ब्युरो इकाइ काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक कोठाबाट बुधबार गोली बरामद गरेको हो । प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ रामचोकमा डेरा गरी बस्ने २७ वर्षीया इस्रप खातुनको ...
— कांग्रेसले सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि मात्रै महाधिवेशनसम्बन्धी विवाद टुंगो लगाउने भएको छ । स्वास्थ्य उपचारका लागि १० कात्तिकमा सिंगापुर गएका देउवा शुक्रबार फर्कने तयारी छ । देउवा २८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेबारी दिएर सक्रिय राजनीतिबाट अलग भएका थिए । यसबीचमा नियमित वा विशेष महाधिवेशन कहिले गर्ने भन्ने विवादले ...
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र एमालेबाट छुट्टिएको नेकपा (एकीकृत समाजवादी) बीच एकता भई ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेपछि वाम राजनीतिक वृत्तमा नयाँ अध्याय सुरु भएको छ । टुटेको कडी जोडियो तत्कालीन नेकपामा हुँदा केपी शर्मा ओली समूहसँगको सम्बन्धविच्छेदपछि प्रचण्ड नेतृत्वको पूर्वमाओवादी धार र माधवकुमार नेपाल नेतृत्वको पूर्वएमाले धार सहकार्य र एकतामै थिए । यी दुई धार एक ठाउँ ...