मुख्य समाचार
काँग्रेस नेता दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले स्काउटको जग्गामा बनाएका संरचनाहरु भत्काउन सुरु
काँग्रेस नेता दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले स्काउटको जग्गामा बनाएका संरचनाहरु भत्काउन सुरु

— पूर्व ऊर्जामन्त्री तथा काँग्रेस नेता दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले स्काउटको जग्गामा बनाएका संरचनाहरु भत्काउन सुरु गरिएको छ ।


खेलकूदमन्त्री बब्लु गुप्ता सहितको टोली पुगेर लैनचौरस्थित जग्गामा बनेका संरचना डोजर लगाएर भत्काउन थालिएको हो ।

२०७५ मा भाडा सम्झौता समाप्त भएपनि खड्का ल्याण्ड प्रालिले जग्गा छाड्न र फिर्ता गर्न अटेरी गर्दै आएको थियो भने भाडा समेत नियमितरुपमा बुझाएको छैन।

स्काउटको लैनचौरस्थित केन्द्रीय कार्यालय परिसरमा रहेको तीन रोपनी जग्गा प्रालिले भाडामा लिएको थियो। तीन रोपनी जग्गा भाडामा लिए पनि करिब १२ रोपनी जग्गा प्रालिले अतिक्रमण गरेर भोगचलन गर्दै आएको थियो। समयमा जग्गा भाडा भुक्तानी नगरेपछि २०८१ वैशाख ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त जग्गा र त्यहाँ बनेको भवनलगायत संरचनामा सिलबन्दी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसले सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि मात्रै महाधिवेशनसम्बन्धी विवाद टुंगो लगाउने भएको छ । स्वास्थ्य उपचारका लागि १० कात्तिकमा सिंगापुर गएका देउवा शुक्रबार फर्कने तयारी छ । देउवा २८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेबारी दिएर सक्रिय राजनीतिबाट अलग भएका थिए । यसबीचमा नियमित वा विशेष महाधिवेशन कहिले गर्ने भन्ने विवादले ...
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र एमालेबाट छुट्टिएको नेकपा (एकीकृत समाजवादी) बीच एकता भई ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेपछि वाम राजनीतिक वृत्तमा नयाँ अध्याय सुरु भएको छ । टुटेको कडी जोडियो तत्कालीन नेकपामा हुँदा केपी शर्मा ओली समूहसँगको सम्बन्धविच्छेदपछि प्रचण्ड नेतृत्वको पूर्वमाओवादी धार र माधवकुमार नेपाल नेतृत्वको पूर्वएमाले धार सहकार्य र एकतामै थिए । यी दुई धार एक ठाउँ ...
— सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेन-जी आन्दोलनका क्रममा जेल फोडेर भागेका कैदीबन्दी र प्रहरी ब्यारेक तथा कार्यालयबाट लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतसँग आग्रह गरेका छन् । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन दिल्ली पुगेका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भागेका कैदीबन्दी र लुटिएका हतियारले सुरक्षा चुनौती थपिएको भन्दै यसलाई नियन्त्रण गर्न भारतीय पक्षसँग ...
— त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण र हिनामिना भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । सरकारले गठन गरेको त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति २०८१ ले त्रिविको करिब २५ सय रोपनी जग्गा अतिक्रमणमा परेको औंल्याउँदै कारबाहीका लागि सिफारिस गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रतिवेदन झिकाएर अध्ययन र छानबिन अघि बढाइएको ...
— सर्वोच्च अदालतले मधेश प्रदेशको मुख्यमन्त्री विवादमा ७४ सांसदले दर्ता गरेको रिटलाई कात्तिक ३० मा सुनुवाइ गर्ने आदेश दिएको छ। त्यसैगरी सर्वोच्चले कात्तिक २३ गते एमालेका सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नेसम्बन्धी सम्पूर्ण फाइल पेस गर्न पनि भनेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले निवेदकले माग गरेको अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षको छलफल आवश्यक ...