। नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
आज सात बुँदे सहमति गरेर रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।
सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ ।
अब केहीबेरमा राष्ट्रिय सभागृहमा आयोजना हुने समारोहबाट एकताको औपचारिक घोषणा गरिने छ ।