मुख्य समाचार
सुरेन्द्र पाण्डेले धरहरा बनाएको जिम्मा लिने सरकारले आन्दोलनमा गोली कसले चलायो थाहा छैन भन्न नमिल्ने बताएका छन्
सुरेन्द्र पाण्डेले धरहरा बनाएको जिम्मा लिने सरकारले आन्दोलनमा गोली कसले चलायो थाहा छैन भन्न नमिल्ने बताएका छन्

। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले धरहरा बनाएको जिम्मा लिने सरकारले आन्दोलनमा गोली कसले चलायो थाहा छैन भन्न नमिल्ने बताएका छन् । बुधबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘भदौ २३ गते १९ जना मान्छे मार्नेगरी गोली चलाइयो, त्यो कुरा गलत हो । त्यो जसले गरेको पनि, एमाले सरकारले गरेको पनि सरकार दोषी हुन्छ ।’

उनले थपे, ‘धरहरा कसले बनाएको – मैले बनाएको, फलानो कसले बनाएको – मैले बनाएको भन्ने । गोली कसले चलायो, त्यो त थाहा छैन, त्यसो भन्न मिल्दैन।’

उनले बंगलादेश लगायतमा चलेका आन्दोलनहरूमा पहिलो दिन नै यसरी मानवीय क्षति नभएको भन्दै तत्कालीन सरकारले पहिलो दिनको मानवीय क्षति किन रोक्न सकेन छानबिन गर्नुपर्ने बताए ।

‘त्यसमा दोषी जो संलग्न छन्, प्रमाणित मानिसहरूलाई कारबाही गर्नुपर्छ,’ उनले भने ।

उपाध्यक्ष पाण्डेले भदौ २४ गतेको घटना पनि त्यत्तिकै अक्षम्य रहेको बताए । ‘सिंहदरबार जलाउन पाइन्छ? व्यक्तिका घर, अदालत जलाउन पाइन्छ, या अरू कुरा गर्न मिल्छ? मिल्दै मिल्दैन,’ उनले भने ।

‘पार्टी कार्यालय जलाउने, अरूका सम्पत्ति तोडफोड, आगजनी र लुटपाट चोरी किन गर्ने? यदि कानुनी शासन भएन र जे पनि गर्न पाइन्छ भन्ने हो भने नेपालमा कोही बस्छ?’ उनले भने, ‘अनि देश रहन्छ, देश चल्छ ?’

नेता पाण्डेले जतिसुकै भए पनि अपराधीहरूलाई कारबाही गर्नुपर्ने बताए । उनले प्रश्न गरे, ‘डरै भएन भने के हुन्छ?’

उनले भदौ २३ र २४ को अन्तरसम्बन्ध रहेको भन्दै २३ नभएको भए २४ नहुने तर्क गरे । उनले गम्भीर अपराधमा संलग्नहरूलाई कारबाही नगरे दण्डहीनता बढ्ने बताए ।

‘संलग्न छन् भने एमालेमाथि पनि कारबाही गर्ने र हामीले त्यसमा समर्थन गर्ने कुरा हुनैपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली ...
। नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका नेता भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर छुट्टिँदाको दिन स्मरण गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीसँग आफू नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ सँग एकतापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले नेकपा विभाजनको बेला स्मरण गर्दै उक्त दिनको घाउमा मल्हम लगाएकोजस्तो महसुस भएको जिकिर गरे । ‘आज यो सभाकक्षको यस ठाउँमा उपस्थित ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताएका छन् । गणतन्त्र कोरियाको सीओलमा आज आयोजित ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ लाई सम्बोधन गर्दै उहाँले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गरे । उनले भने, ‘डिजिलट लिडर्सिप फोरम एकदमै उपलब्धिपूर्ण र सफल भएको ...
। नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो । रावलले आजै सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा नेपाली ...
। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार उनले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् । उनी नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीलाई लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको थियो । यही कात्तिक २६ गते राति १२ बजेबाट खापुङ अनिवार्य ...