मुख्य समाचार
अमेरिकासँग प्रतिभावान जनशक्ति छैन, बाहिरबाट ल्याउनुपर्छ
अमेरिकासँग प्रतिभावान जनशक्ति छैन, बाहिरबाट ल्याउनुपर्छ

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग पर्याप्त प्रतिभाशाली जनशक्ति नभएको भन्दै बाह्य देशबाट ल्याउनुपर्ने स्वीकारेका छन् ।

एच–१बी भिसाबारे बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई दक्ष र प्रतिभाशाली जनशक्तिको खाँचो रहेको बताएका हुन् ।

अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पलाई पत्रकारले सोधेका थिए– ‘के अमेरिकी प्रशासनले एच–१बी जस्ता भिसालाई प्राथमिकता दिन्छ ? यदि तपाईं अमेरिकी कामदारको पारिश्रमिक बढाउन चाहनुहुन्छ भने के अन्य देशबाट हजारौं वा लाखौं कामदारलाई आउन दिन सकिन्छ ?’

यसको जवाफमा ट्रम्पले भने, ‘म तपाईंसँग सहमत छु तर, हामीले ट्यालेन्ट (प्रतिभाशाली) पनि ल्याउनु पर्ने हुन्छ ।’

पत्रकारले भने– ‘हामीसँग पर्याप्त प्रतिभा छन् जो प्रतिभाशाली छन् ।’

ट्रम्पले जवाफ दिए– ‘होइन हामीसँग पर्याप्त प्रतिभा छैनन् ।’

राष्ट्रपति ट्रम्पले अमेरिकासँग आवश्यक प्रतिभावान जनशक्ति नभएको भन्दै सीप–ज्ञान सिक्नुपर्नेमा जोड दिए ।

‘तपाईं बेरोजगारहरूसँग उनीहरूका लागि उद्योग खोल्दैछु भन्न सक्नु हुन्न, जहाँ तपाईं मिसाइल बनाउनु हुन्छ,’ उनले भने ।

ट्रम्पको जवाफमा पत्रकारले प्रतिप्रश्न गरे– ‘के हामीले पहिले यस्तो गरेका छौं ?’

यसमा ट्रम्पले उदाहरण दिँदै भने, ‘म तपाईंलाई एक उदाहरण दिन्छु, जर्जियामा उनीहरू (प्रशासन) ले छापा मारे, किनकी अवैध आप्रवासीलाई देशबाट बाहिर निकाल्न चाहन्थे, उनीहरू दक्षिण कोरियाका मानिस थिए जसले ब्याट्री जस्ता सामग्री बनाउँथे ।’

राष्ट्रपति ट्रम्पले ब्याट्री बनाउने प्रक्रिया जटिल रहेको भन्दै यो सजिलो कार्य नभएको बताए । उनले जोखिमपूर्ण र कयौं पटक विस्फोट समेत हुने धेरै समस्या व्यहोर्नुपर्ने बताए ।

जर्जियाबाट पक्राउ परेका ५–६ सय आप्रवासीसँग ब्याट्री बनाउँदाको सुरुवाती चरणको सीप रहेको भन्दै ट्रम्पले उनीहरू सबैलाई देशबाट निकाल्न नसकिने बताए ।

उनले भने, ‘उनीहरूले अन्य व्यक्तिलाई पनि सीप सिकाउँछन् तर, उनीहरू(प्रशासन) सबैलाई देशबाट निकाल्न चाहन्थे, जबकी देशलाई उनीहरूको आवश्यकता छ ।’

पर्याप्त जनशक्ति नभएसम्म वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न नसकिने भन्दै ट्रम्पले प्रतिभावान जनशक्तिलाई रोक्न सक्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘तपाईं कुनै पनि देशलाई यो भन्न सक्नु हुन्न कि १० बिलियन डलर (एक अर्ब ४२ अर्ब) रुपैयाँ लगानी गर्नुस्, एक प्लान्ट (उद्योग) खोल्नुस् र बेरोजगार व्यक्तिलाई राख्नुस् जसले पछिल्लो पाँच वर्षदेखि केही काम समेत गरेका छैनन् ।’

गत सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पले एच–१बी भिसाका आवेदकको शुल्क बढाएर एक लाख डलर (एक करोड ४२ लाख) रुपैयाँ पुर्याएका थिए ।

एच–१बी भिसा एक स्थायी भिसा हो, जसले अमेरिकी रोजगारदाता कम्पनीलाई दक्ष जनशक्ति भएका विदेशी कर्मचारी जस्तै: वैज्ञानिक, इन्जिनियर र शिक्षकलाई नियुक्त गर्न अनुमति दिन्छ ।

एशियाली देशबाट एच–१बी भिसा प्रयाेग गरेर अमेरिका प्रवेश गर्नेमा भारतीय जनशक्ति धेरै रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विष्फोट घटनाका दोषी जोसुकै भएपनि नछोड्ने बताएका छन्। दुई दिने औपचारिक भ्रमणका लागि भुटान पुगेका प्रधानमन्त्री मोदीले षडयन्त्रकारीहरूलाई नछोड्ने बताएका हुन्। प्रधानमन्त्री मोदीले आफू धेरै भारी मन लिएर भुटान आएको बताए। उनले भने ,'हिजो साँझ दिल्लीमा भएको भयानक घटनाले सबैलाई दु:खी बनाएको छ। म प्रभावित परिवारहरूको पीडा बुझ्छु। आज सम्पूर्ण ...
: पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विष्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले यस घटनामा १२ जनाको मृत्यु भएको र २७ जना घाइते भएको सञ्चारमाध्यमलाई बताएका छन्। विष्फोट इस्लामाबाद जिल्ला अदालतको प्रवेशद्वार नजिकै भएको हो। मोहसिन नकवीले भने, 'दिउँसो १२:३९ बजे अदालतमा आत्मघाती हमला भयो। यो ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश अमेरिकीहरूलाई प्रतिव्यक्ति कम्तीमा २,००० डलरको ‘ट्यारिफ लाभांश’ दिने घोषणा गरेका छन्। उनले विश्वव्यापी रूपमा लगाएको करबाट प्राप्त हुने राजस्वबाट उक्त लाभांश बाँड्ने जनाएका हुन्। उनले सामाजिक प्लेटफर्म ट्रुथ सोसलमार्फत उच्च आय भएका व्यक्तिहरूबाहेक सबैलाई प्रतिव्यक्ति कम्तीमा २००० डलर लाभांश दिने घोषणा आइतबार गरेका हुन्। ट्रम्पले यस्तो घोषणा पहिलो पटक गरेका ...
: भारतको दिल्लीस्थित लाल किला मेट्रो स्टेशन नजिकै एउटा कारमा भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। घटनामा कम्तीमा २४ जना घाइते भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै एजेन्सीहरूले जनाएका छन्। कारमा भएको विष्फोटले त्यस वरपर रहेका अन्य तीन/चार कारमा पनि क्षति पुर्‍याएको थियो। मेडिकल सुपरिटेन्डेन्ट लोक नायक जय प्रकाश नारायणका अनुसार अस्पताल पुर्‍याउनु अगाडि ...
— अमेरिकी सिनेटमा सटडाउन अन्त्य गर्ने पक्षमा ६० मत र विपक्षमा ४० मत परेको छ । डेमोक्रेटिक पार्टीका आठ सांसद्ले सरकार र रिपब्लिकन पार्टीका नेतालाई सटडाउन खोल्न दिने समझदारी गरेको केही समयपछि सिनेटमा मतदान भएको हो । यसलाई लामो समयदेखिको सटडाउन अन्त्य हुने दिशाको पहिलो कदमका रुपमा लिइएको छ । सटडाउन तत्कालै अन्त्य गर्ने र ...