मुख्य समाचार
चर्चित नयाँ सांगीतिक समूह ‘काट्सेय’ ले गतवर्षको सुरुवातदेखि आफूहरूलाई अनलाइनबाट ज्यान मार्ने धम्की
चर्चित नयाँ सांगीतिक समूह ‘काट्सेय’ ले गतवर्षको सुरुवातदेखि आफूहरूलाई अनलाइनबाट ज्यान मार्ने धम्की

केटीहरूको चर्चित नयाँ सांगीतिक समूह ‘काट्सेय’ ले गतवर्षको सुरुवातदेखि आफूहरूलाई अनलाइनबाट ज्यान मार्ने धम्की आइरहेको बताएको छ ।

ब्याण्डले गतवर्षदेखि नै सांगीतिक डेब्यू गरेको थियो ।

‘द सिक्स पिस’ भनिने उक्त ब्याण्ड यसवर्षको ग्रामी अवार्डमा ‘उत्कृष्ट नयाँ कलाकार’ को विधामा मनोनित भएको छ ।

बीबीसीसँग कुरा गर्दै ब्याण्डका सदस्यले आफ्ना परिवारलाई लक्षित गर्दै धम्की आइरहेको र ‘परिणाम गम्भीर हुनसक्ने’ बताएका छन् ।

‘म आफैलाई भन्न खोज्छु कि यसले केही फरक पर्दैन, तर यदि हजारभन्दा धेरै मानिसले ज्यान मार्ने धम्की पठाइरहेका छन् भने, यो चिन्ताजनक कुरा हो’ गायिका लारा राजले भनिन् ।

भारतको तामिल मूलकी अमेरिकी नागरिक राजलाई जातीय टिप्पणी गरिएको छ र ‘अनुमति बिना संयुक्त राज्य अमेरिकामा काम गरेको र बसोबास गरेको भन्दै आइसमा झूठो रिपोर्ट गरिएको छ ।

२० वर्षीया ती गायिकाले नकारात्मक टिप्पणीबाट बच्नको लागि आफ्नो टिवर एकाउन्टलाई डिलिट गरेकी छन् ।

‘म अरूको विचारको दर्शक होइन भन्ने कुरा महसुस गरेँ’ उनले भनिन् ।

क्याट्सेले उनीहरूलाई प्राप्त धम्की कस्तो प्रकृतिको हो भन्ने कुरा खुलाएका त छैनन् तर आक्रामक र अनुपयुक्त व्यवहारले प्रशंसकमाझ निराशा जगाएको छ ।

गत वर्ष, च्यापेल रोनले आफ्ना प्रशंसकसँग गरेका “धेरै असंगत शारीरिक र सामाजिक अन्तरक्रिया’को आलोचना भएको थियो । जसमा उनका परिवार र साथीलाई दुव्र्यवहार गर्ने मानिस पनि समावेश थिए ।



पप ब्यान्ड ‘मुना’ ले आफ्ना समर्थकलाई ‘प्रभावमा पार्न र ध्यान तान्नको आफू र आफ्ना प्रियजनको बारेमा झूट फैलाएको’ भन्दै आलोचना गरेको छ । गायिका दोजा क्याटले आफ्नो फ्यानबेसको एक भागबाट ‘डरलाग्दो’ व्यवहार भएको भन्दै असन्तुष्टि जनाएकी छिन् ।

‘हाम्रो करियर साँच्चै छोटो भएको छ, तर मलाई लाग्छ कि हामीले पहिले नै हामीलाई, हाम्रो परिवारलाई धेरै कुरा भनिसकेका छौं’ क्याट्से गायिका सोफिया लाफोर्टेजाले भनिन् ।

‘हामीलाई थाहा छ, हामीले यति खुलारुपमा प्रस्तुत हुनको लागि साइन-अप गरेका थियौं । हामीलाई थाहा छ, यो प्रसिद्धिको एक हिस्सा हो । तर यसले हामी मानिस हौं भन्ने तथ्यलाई परिवर्तन गर्दैन ।’

राजले ब्यान्डले प्राप्त गरेका टिप्पणीबारेको यौनवादी प्रकृतिलाई पनि औंल्याइन् ।

‘मानिसले हामीलाई तहगतरुपमा विभाजित गर्ने महिलाको रूपमा हेर्छन् । तिनीहरूले हामी कति सुन्दर छौं, हाम्रो गायन कौशल, नृत्य कौशलको आधारमा हामीलाई ग्रेड दिनेछन्, र त्यसपछि यसलाई जोडेर प्रतिशत दिनेछन्’

‘यो त एकदमै डिस्टोपियन हो’ उनले भनिन् ।

‘मलाई लाग्छ कि यसले दिमागमा धेरै आतंक जमाएको छ’ उनकी ब्यान्डमेट म्यानन ब्यानरम्यानले थपिन् ।

अनलाइन नकारात्मकताको बावजुद, क्याट्से ब्याण्डले उल्लेखनीय वर्ष बिताइरहेको देखिन्छ ।

ब्याण्डको दोस्रो एल्बम ‘ब्यूटीफुल केओस’ ले यतिबेला अमेरिकी एल्बम चार्टमा दोस्रो नम्बरमा स्थान जमाएको छ ।

कपडा ब्रान्ड ‘ग्याप’ को लागि ब्याण्डका सदस्यले छायांकन गरेको एउटा विज्ञापन अगस्टमा भाइरल भयो, जसले ४० करोड भ्यूज पायो र सामाजिक संजालमा ८ अर्ब ‘इम्प्रेसन’ प्राप्त गर्‍यो ।

गत महिना, उनीहरूले एमटीभी अवार्डमा उत्कृष्ट प्रदर्शनको विधा जिते । ५ दिन अघि, उनीहरू एसडब्लूभी र विल्सन फिलिप्स पछि ग्रामीमा उत्कृष्ट नयाँ कलाकारको मनोनयन प्राप्त गर्ने इतिहासमा तेस्रो केटी समूह बनेका थिए ।

१७ देखि २२ वर्ष उमेर समूहका यी ६ जना सदस्य साँच्चै अन्तर्राष्ट्रिय प्रकृतिका छन् ।

डेनिएला अभान्जिनी एटलान्टाकी भेनेजुएला–क्युबाली अमेरिकी हुन् । राज न्यूयोर्ककी भारतीय-श्रीलंकाली अमेरिकी हुन् । ब्यानरम्यान जुरिचकी घाना–इटालियन हुन् ।

मेगन स्किएन्डिएल होनोलुलुकी चिनियाँ-सिंगापुरी अमेरिकी हुन् । लाफोर्टेजा फिलिपिन्सको मनिलाकी हुन् र युन्चे जेउङ दक्षिण कोरियामा जन्मे र हुर्केकी थिइन् ।

‘हाम्रो छालाको रङ, हाम्रो संस्कृति हाम्रो शक्ति हो । यसलाई प्रयोग गर्नुहोस् र यसको स्वामित्व लिनुहोस्’ अवान्जिनीले भनिन् ।

बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...