मुख्य समाचार
शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प भएको बताए
शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प भएको बताए

। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्दै उनले कांग्रेस २१ फागुनको निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिए । निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनको भनाइ थियो ।
‘मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो । त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ,’ नेता कोइरालाले भने, ‘तर, निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको हो । यतिबेला देशमा भयरहित वातावरण छैन ।’

कांग्रेस विशेष महाधिवेशनमा जान नहुनेमा जोड दिँदै नेता कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूलाई विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुने बताए ।

‘यतिबेला विशेष महाधिवेशनमा पार्टी जानुहुन्न । तर, विशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुन्छ,’ कोइरालाले भने, ‘पार्टी महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउनेभन्दा विशेष महाधिवेशनको माग राख्ने साथीहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोजेर जानुपर्छ ।’

सामाजिक न्याय र समतामुलुक समाज निर्माणको वीपीको विचारलाई स्थापित गर्न र नेपाललाई त्यही मार्गबाट समुन्नतिमा पुर्‍याउन द्वन्द्व व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्नेमा आफू प्रष्ट भएको उनको भनाइ थियो ।

नेता कोइरालाले राष्ट्र र पार्टी विषम परिस्थितिमा रहेको अवस्थामा पार्टीमा देखिएको द्वन्द्व व्यवस्थापनका लागि वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मनन गर्दै एकताबद्ध पार्टी निर्माण नै आजको आवश्यकता रहेको बताए ।

अहिलेको मुख्य प्राथमिकता २१ फागुनको निर्वाचन भएको बताउँदै उनले निर्वाचनमा जान दल, नागरिक समाजलगायत सबैलाई एकताबद्ध बनाउनुपर्ने दायित्व कांग्रेसको काँधमा रहेको कोइरालाले बताए ।

‘यतिबेला नेपाली कांग्रेस आन्तरिक रूपान्तरणको चरणमा छ भने सँगै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ,’ उनले भने, ‘मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो । त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ ।’

नेता कोइरालाले जेनजी आन्दोलनपछि नयाँ सरकार परिवर्तन भए पनि संविधान यथावत रहेको भन्दै २१ फागुनको निर्वाचनमार्फत् बन्ने प्रतिनिधिसभाले आवश्यक संविधान संशोधन गरेर जेनजीका जायज माग पूरा गर्न सक्ने पनि बताए ।

जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणप्रति आपत्ति जनाउँदै उनले २३ र २४ भदौको घटनालाई निष्पक्ष छानबिन गरेर वास्तविकता सार्वजनिक गरिनुपर्ने माग पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली ...
। नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका नेता भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर छुट्टिँदाको दिन स्मरण गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीसँग आफू नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ सँग एकतापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले नेकपा विभाजनको बेला स्मरण गर्दै उक्त दिनको घाउमा मल्हम लगाएकोजस्तो महसुस भएको जिकिर गरे । ‘आज यो सभाकक्षको यस ठाउँमा उपस्थित ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताएका छन् । गणतन्त्र कोरियाको सीओलमा आज आयोजित ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ लाई सम्बोधन गर्दै उहाँले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गरे । उनले भने, ‘डिजिलट लिडर्सिप फोरम एकदमै उपलब्धिपूर्ण र सफल भएको ...
। नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो । रावलले आजै सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा नेपाली ...
। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार उनले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् । उनी नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीलाई लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको थियो । यही कात्तिक २६ गते राति १२ बजेबाट खापुङ अनिवार्य ...