मुख्य समाचार
सीके राउतको अभिव्यक्तिप्रति उक्त पार्टीका कोशी अध्यक्ष बुद्धिराज न्यौपाने आपत्ति
सीके राउतको अभिव्यक्तिप्रति उक्त पार्टीका कोशी अध्यक्ष बुद्धिराज न्यौपाने आपत्ति

। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अभिव्यक्तिप्रति उक्त पार्टीका कोशी अध्यक्ष बुद्धिराज न्यौपाने आपत्ति जनाएका छन् ।

देश विभाजन वा क्षेत्रीय बिखण्डनको एजेन्डा पार्टीको कहिले पनि नभएको उल्लेख गर्दै न्यौपानेले अध्यक्ष राउतको अभिव्यक्ति व्यक्तिगत भएको र पार्टीको आधिकारिक नभएको विज्ञप्ति निकालेर बताएका छन् । ‘अध्यक्ष राउतले देश नै बिखण्डन गर्ने खालको माग राखेर सविधानलाई नै चुनौती दिनुभएको छ । जेनजी आन्दोलनका क्रममा सुशासन र भ्रष्टाचारविरुद्ध आन्दोलनमा सहादत भएका शहीदहरूको रगत सेलाउन नपाउँदै संसद् पुन:स्थापना हुनुपर्छ भन्ने अध्यक्ष राउतको अभिव्यक्ति भ्रष्टाचार र कुसाशन विरुद्ध उठेको जनआन्दोलनको मर्म विपरीत छ’, न्यौपानेले विज्ञप्तिमा भनेका छन् ।




न्यौपानेले अध्यक्ष राउतका पछिल्लो समयका भेटघाटहरु शंकास्पद हुने गरेको आरोप समेत लगाएका छन् । ‘सबै प्रदेशहरू स्वायत्त र स्वशासित हुनुपर्छ भन्ने मान्यता सविधानमै स्थापित संघीय संरचनाको आधारभूत आदर्श हो, जसलाई जनमत पार्टीले पूर्ण समर्थन गर्दै आएको छ । अध्यक्ष राउतले प्रदेश संरचना बलियो बनाउने पहल गर्नुको साटो देश नै टुक्रयाउने अभिव्यक्ति दिएर नेपाली जनताको सिंगो मुलुक प्रतिको अगाध प्रेमलाई चुनौति दिनुभएको छ’, न्यौपानेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले महामन्त्री गगनकुमार थापालाई विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्न खोजिएको आशंका गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार राख्दै उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरको सनाखत गर्ने जिम्मेवारी महामन्त्री थापाले पनि लिनुपर्ने भन्दै संगठन कब्जा गर्न खोजेको त होइन भनेर प्रश्न गरे । ‘५४ प्रतिशत महाधिवेसन प्रतिनिधिको हस्ताक्षर सनाखत ...
। नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । आज सात बुँदे सहमति गरेर रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव ...
। सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरमा दुई वटा मोटरसाइकलसँग मालबाहक ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुधबार दिउँसो मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको नाप्र१–०२–००२ ख ४११ ट्रक र विपरीत दिशाबाट आएका नाप्र२–०१–००१ प २१४२ र मप्र०२–००६ प ५८४१ को दुईवटा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ...
। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले धरहरा बनाएको जिम्मा लिने सरकारले आन्दोलनमा गोली कसले चलायो थाहा छैन भन्न नमिल्ने बताएका छन् । बुधबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘भदौ २३ गते १९ जना मान्छे मार्नेगरी गोली चलाइयो, त्यो कुरा गलत हो । त्यो जसले गरेको पनि, एमाले सरकारले गरेको पनि सरकार दोषी हुन्छ ...
। मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिबीच मंगलबार भएको समझदारी कार्यान्वयन क्रममा सडक डिभिजन कार्यालय चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरेको हो । मेलम्ची—अम्बाथान—मेलम्चीघ्याङ सडकखण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीन प्याकेजमा विभाजन ...