मुख्य समाचार
एनपीएल क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने, युट्युबमा हेर्न नपाइने
एनपीएल क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने, युट्युबमा हेर्न नपाइने

। यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार भारतीय स्टार टेलिभिजनले पनि खेल प्रसारण गर्ने हिजोमात्र टुंगो लागेको छ ।

क्यानले नेपालभित्र एक्सक्लुसिभ अधिकार हुने नेपाली टेलिभिजनहरुबाट प्रसारण अधिकारका लागि टेण्डर आह्वान गरेको भए पनि अब नेपाली टीभीले एक्सक्लुसिभ अधिकार नपाउने भएका हुन् ।

टेण्डर दाखिल गर्ने अन्तिम दिन आज भए पनि त्यसको एक दिन अगाडिमात्रै क्यानले उक्त अधिकार एक्स्क्लुसिभ नहुने टुंगो गरेको छ ।

युट्युबमा हेर्न नपाइने, एपमा हेर्न पैसा तिर्नुपर्ने

यसैगरी क्यानले मोबाइल एपबाट पनि एनपीएलका सबै खेलहरु हेर्न पाइनेगरी प्रसारण अधिकार बिक्री गर्न लागेको छ । ती एपमा दर्शकले पैसा तिरेरमात्र खेल हेर्न पाउने छन् ।

क्यानले गत वर्ष नेपालभित्र युट्युबबाट पनि खेल प्रसारण गरेको थियो । तर, यस वर्ष भने युट्युबमा दर्शकले खेल हेर्न पाउने छैनन् । टीभीको पहुँचमा नहुने देशभित्रका दर्शक र विदेशमा रहेका दर्शकले मोबाइल एपबाटै खेल हेर्नुपर्ने छ ।

क्यानबाट औपचारिक प्रतिक्रिया आउन बाँकी

यो समाचार तयार पार्दासम्म क्यानका पदाधिकारीहरुले भने औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर क्यानले बोलपत्रदाताहरुलाई भने इमेल पठाएर त्यसको जानकारी दिइसकेको छ ।

क्यानका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘यस सम्बन्धी प्राविधिक प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक जानकारी दिइने छ । प्रक्रिया पूरा हुन अझै केही घण्टा छ । आजै साँझ वा भोलि बिहानसम्म कुर्नुस् न ।’

एनपीएल आगामी मंसिर १ गतेदेखि सुरु भएर २७ गते समापन गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...