मुख्य समाचार
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार नै आफ्नो प्रारम्भिक दृष्टिकोण दिने
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार नै आफ्नो प्रारम्भिक दृष्टिकोण दिने

। सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार नै आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भएको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मुख्यमन्त्री यादवविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेवारे ३० कात्तिकमा दुवै पक्षलाई छलफलका लागि झिकाएको हो । यदि सर्वोच्च अदालतले नियुक्तीलाई प्रारम्भिक रुपमा कैफियतयुक्त देखेमा दीर्घकालिन महत्व राख्ने प्रकृतिका निर्णयहरू नगर्नु भनी आदेश दिन सक्नेछ ।

गत मंगलबार सर्वोच्च अदालतले यस्तै आदेश दिएको थियो । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘सुविधा सन्तुलनको दृष्टि’ भन्दै मुख्यमन्त्री र मन्त्रिपरिषदलाई ‘मधेश प्रदेशलाई दीर्घकालिन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नू/नगराउनू’ भनी आदेश दिएको थियो ।

सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी कागजात लगायतका निर्णयहरूसमेत आगामी आईतबारको सुनुवाइमा पेश गर्न आदेश दिएको छ ।

कृष्णप्रसाद यादवसहित मधेश प्रदेका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश पाण्डेयको इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि झिकाएको हो ।

७४ जना सांसदहरूले मुख्यमन्त्री सरोज यादवलाई कुनै काम कारवाही नगर्न/नगराउन आदेश माग गर्दै निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनाललाई नै निरन्तरता दिन माग गरेका थिए । आगामी आइतबार संयुक्त इजलासमा रहने दुई न्यायाधीशले प्रारम्भिक रुपमा नै सरकार गठन प्रक्रियामा कैफियत रहेको देखेमा ‘दीर्घकालिन असर गर्ने कुनै काम नगर्नू भनी’ अन्तरिम आदेश जारी गर्न सक्नेछन् । जसको प्रारम्भिक संकेत मंगलबारको आदेशमा स्पष्ट देखिन्छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गतसाता संविधानको धारा १६८(३) अनुसार एमाले संसदिय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनालको राजिनामापछि नयाँ सरकार गठनको प्रयासमा लागेका सात दलका नेताहरू उनको कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका थिए । आफूले कानूनविद्हरूसँग छलफल गरेको भन्दै आफू संविधानको भावना अनुसार अघि बढ्ने र त्यसका लागि एक/दुई दिन लाग्ने बताएकी थिइन् ।

त्यही साँझ उनी बिरामी भएकाले काठमाडौं जानुपरेको भनी मुख्यमन्त्री सोनाललाई जानकारी दिइन् । सोनालले उनलाई फूल दिएर स्वास्थ्यलाभको कामनासहित बिदा गरे । अनि महोत्तरीको बर्दिबासस्थिति होटेल पानसमा गएर एमाले संसदीय दलका नेता यादवलाई शपथग्रहण गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । कवीर सोप अध्यक्ष रहेको र चुनाव चिह्‍न जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । आयोगले दर्ता गरेर दल दर्ताको प्रमाणपत्र दिएको हो । योसँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलको संख्या पाँच पुगेको छ । यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, ...
। नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह पनि प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनी नेपाली कम्यनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । बाजुरा निवासी शाह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला र आर्थिक योजना मन्त्रीसमेत बनेका थिए । प्रचण्डलाई ‘गणतन्त्र नेपालका निर्माता’ भनेर सम्बोधन सुरु गरेका शाहले एमाले अध्यक्ष केपी ...
। सशस्त्र प्रहरी बलले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकाहरूमा खटाएको छ । नेपालले बदलिँदो सुरक्षा चुनौती र राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ एसएसपीहरूलाई सीमा नाकाहरूमा खटाइएको हो । सीमा नाकाहरुमा खटाइएका एसएसपीहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको इकाइमा बसी दैनिक तथा साप्ताहिक रुपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी ...
। निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा सरकारका तर्फबाट लिखित र मौखिक कुनै पनि जानकारी नगराइएको बताएका हुन् । ‘मलाई आजसम्म सरकारको वा सरकारको कुनै पनि ...
। दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ । आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् । मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजलाई सकिएको वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिए । मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष ...