मुख्य समाचार
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक दल र तिनका नेता समयमा नसुध्रिए जनताले पुन: विद्रोह गर्ने बताए
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक दल र तिनका नेता समयमा नसुध्रिए जनताले पुन: विद्रोह गर्ने बताए

। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक दल र तिनका नेता समयमा नसुध्रिए जनताले पुन: विद्रोह गर्ने बताएका छन्।

सिन्धुलीगढीमा मंगलबार आयोजित २५८औं सिन्धुलीगढी विजयोत्सव समारोह तथा झण्डोत्तोलन कार्यक्रममा मुख्यमन्त्री बानियाँले दल र नेताहरू सही ढंगले नचलेकै कारण मुलुकले छोटो समयमा जेन–जी पुस्ताको आन्दोलन बेहोर्नुपरेको बताए।




‘जेन–जी पुस्ताको आन्दोलन पारदर्शिता, सुशासनको पक्षको आवाज हो। सूचनाको हक खोसिएपछिको असन्तोष हो,’ उनले भने, ‘यदि हामी समयमा सुधारिएनौं भने जनता पुन: विद्रोह गर्न बाध्य हुनेछन्।’

जनताको सेवा गर्नु नै राजनीतिज्ञको धर्म भएको भन्दै मुख्यमन्त्री बानियाँले न्यायपूर्ण समाज निर्माणको लक्ष्य लिएर आफू राजनीतिमा क्रियाशील रहेको बताए।




‘राजनीतिमा नाफा–नोक्सान हुँदैन, न्याय वा अन्याय मात्र हुन्छ। जसले अन्याय गर्छ, उसले सजाय भोग्नैपर्छ,’ उनले भने, ‘न्यायपूर्ण समाज निर्माणको लक्ष्य लिएर म राजनीतिमा आएको हुँ, त्यसैले मेरा लागि जनताको सेवा गर्नु नै राजनीतिज्ञको धर्म हो।’

मुख्यमन्त्री बानियाँले राजनीतिज्ञहरूले पदीय जिम्मेवारी निर्वाह नगर्दा जनतामा असन्तोष बढेको बताए। उनले लामो संघर्ष र ठूलो बलिदानबाट प्राप्त गणतन्त्रलाई जनताको अधिकार र सहभागितामाथि आधारित व्यवस्थाको रूपमा बलियो बनाउनु पर्ने धारणा राखे।

इतिहासको सन्दर्भ कोट्याउँदै उनले नेपाल एकीकरणका क्रममा विभिन्न सम्प्रदाय र क्षेत्रहरूलाई एउटै सूत्रमा बाँध्ने काम भएको चर्चा गरे। आज पनि मुलुकमा समावेशीता र सहकार्यको अनिवार्यता रहेको उनको भनाइ छ।

कार्यक्रमकै दौरान मुख्यमन्त्री बानियाँले निजामती कर्मचारी र सुरक्षानिकाय दुवैलाई आफ्नो कार्यान्वयन जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रह गरे। कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीले व्यावसायिक कौशल प्रदर्शन गरेका थिए। अंग्रेजसँग ऐतिहासिक युद्ध सिन्धुलीगढीमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरू, सुरक्षाकर्मी, विद्यार्थी, समाजसेवी तथा सर्वसाधारण सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न माग गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रास्वपाले यस्तो माग गरेको हो । ‘ठूलो संख्यामा नेपाली नवयुवाहरू विदेशमा रहनुभएकाले विदेशमा रहनुभएका योग्यता पुगेको नेपालीहरूको हकमा राष्ट्रिय परिचय पत्रका आधारमा वा स‍म्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्ने तत्काल ...
फागुन २१ का लागि घोषित निर्वाचनको समय घट्दै जाँदा चुनावी चासो र चिन्ता बढ्न थाले
। विभिन्न माग राखी मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन अवरोध गरेका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकार र मेलम्ची संघर्ष समितिका प्रतिनिधिसहितको वार्तामा मंगलबार राति १५ बुँदे सहमति भएपछि पानी अवरोध अन्त्य गर्न स्थानीय सहमत भएका हुन् । ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर ...
। चुनावको प्रचारप्रसारका क्रममा भएको भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने भएको छ । यो विषयलाई निर्वाचन आचारसंहितामा राखिँदैछ । निर्वाचन आयोग आगामी फागुन २१ को चुनावका लागि आचारसंहिता निर्माणमा जुटेको छ । जसमा चुनावको प्रचारप्रसारमा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने विषय आएको छ । प्रारम्भिक आचारसंहिता अनुसार ‘सभा, जुलुस, ...
। गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २ हजार १३९ घटना भएकामा यस वर्ष एक हजार ४५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको ज्यान भएको छ ...