मुख्य समाचार
लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन
लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन

। लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ ।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९:३० बजे लन्डन एजवेयरमा निधन भएको उनीसँगै बस्ने मनोज कुँवरले जानकारी दिए ।

युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर भोलिपल्ट सर्टिफिकेट लिँदै थिए ।

रुम मेट मनोजले दिएको जानकारी अनुसार, सोमबार बिहान ९ बजेतिर योमनले ‘अलि अलि बिरामी छु, टाउको दुखेको छ र भमिट पनि भयो’ भनेका थिए । सायद खाना नपचेर होला भमिट भएको भन्ने सोचेर मनोजले पनि सामान्य रुपमै लिए । सोमबार दिउँसो ३ बजे योमन साथीसँगै सेन्ट्रल लन्डन गएर नेपाली रेष्टुरेन्टमा म:म: खान भनी निस्केका थिए ।

मनोजले राति ९:१९ बजे योमनलाई फोन गर्दा उनीहरु वाटरलु रहेछन् । पछि घर आएर राति ११ बजेतिर खाना बनाउन थाले योमन । मनोजकै भनाइमा, राति १२ बजेतिर खाना खाएर १:३० बजेतिर उनी र योमन एउटै कोठामा सुते । बिहान ७:४० को अलार्म बजेपछि मनोज उठे । तर, ८ बजे शुरु हुने कामका लागि ७ बजे नै निस्कने योमन उठेका थिएनन् ।

काममा जान ढिला भइसकेकाले मनोजले हात समाएर ‘योमन, उठ् काममा जान ढिला भयो’ भने, साथी बोलेन । मनोजले उनको हात चिसो रहेको महसुस गरे । ‘७:५० बजेसम्म पनि शरीरले कुनै प्रतिक्रिया नदिएको, श्वासप्रश्वास चाल पनि नभएको पाएपछि उनले तुरुन्त ७.५३ मा एम्बुलेन्सलाई फोन गरेँ,’ मनोजले भने ।

मेडिकल टिमको सुझाव अनुसार मनोजले तत्काल सिपीआर पनि गरेका थिए । ८ बजेतिर स्वास्थकर्मी आएर जाँच गर्दा सुगर लेभल २ मात्र थियो । सुगर लेभल ५.० पुग्ने बेलासम्म शरीरले सुगर लिएन अनि मंगलबार बिहान ९:३० बजे स्वास्थ्यकर्मीले मृत घोषणा गरे ।

मेडिकल टिमले पुलिस अनि पुलिसले पनि यो केस सिआइबीलाई ह्याण्डओभर गरिसकेको र उसले ‘नेचुरल डेथ’ भनेको मनोजले जनाए ।

फरेन्सिक टिमले प्रक्रिया पुरा गरेपछि शव पोस्टमार्टमका लागि अस्पताल लगिनेछ ।

मनोज आफूसँगै बस्ने साथीको असामयिक निधनपछि विक्षिप्त छन् । ‘उसलाई स्वास्थ्य समस्या पनि थिएन, डिप्रेसनमा गएको पनि होइन । काम पहिला म्याक डोनाल्ड्समा गर्दथ्यो, पछि भिलेज होटलमा पाएको थियो’, उनले भने, ‘हेर्दाहेर्दै साथी अस्तायो, कल्पना पनि गर्न सकिरहेको छैन ।’

घटनास्थलमा रहेका एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र उनका साथीहरुसँग सल्लाह गरी अन्त्येष्टीको प्रबन्ध गरिने जनाए । ‘हामी स्वर्गीय चन्दको परिवारका लागि आर्थिक, नैतिक सहयोगका साथ समुदायमा जनचेतना जगाउने कार्यमा अझ बढी सक्रिय हुन्छौं’, अध्यक्ष पुडासैनीले भने, ‘नेपालबाट आएका विद्यार्थी भाइबहिनीहरुले अहिले धेरै समस्या भोगेका छन् । बसाइँ, जागिर, मानसिक स्वास्थ्य, सुरक्षा आदि । उनीहरुमा जनचेतना जगाउन अत्यन्त खाँचो देखिएको छ । हामी सबै यसमा लाग्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...