मुख्य समाचार
लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन
लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन

। लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ ।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९:३० बजे लन्डन एजवेयरमा निधन भएको उनीसँगै बस्ने मनोज कुँवरले जानकारी दिए ।

युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर भोलिपल्ट सर्टिफिकेट लिँदै थिए ।

रुम मेट मनोजले दिएको जानकारी अनुसार, सोमबार बिहान ९ बजेतिर योमनले ‘अलि अलि बिरामी छु, टाउको दुखेको छ र भमिट पनि भयो’ भनेका थिए । सायद खाना नपचेर होला भमिट भएको भन्ने सोचेर मनोजले पनि सामान्य रुपमै लिए । सोमबार दिउँसो ३ बजे योमन साथीसँगै सेन्ट्रल लन्डन गएर नेपाली रेष्टुरेन्टमा म:म: खान भनी निस्केका थिए ।

मनोजले राति ९:१९ बजे योमनलाई फोन गर्दा उनीहरु वाटरलु रहेछन् । पछि घर आएर राति ११ बजेतिर खाना बनाउन थाले योमन । मनोजकै भनाइमा, राति १२ बजेतिर खाना खाएर १:३० बजेतिर उनी र योमन एउटै कोठामा सुते । बिहान ७:४० को अलार्म बजेपछि मनोज उठे । तर, ८ बजे शुरु हुने कामका लागि ७ बजे नै निस्कने योमन उठेका थिएनन् ।

काममा जान ढिला भइसकेकाले मनोजले हात समाएर ‘योमन, उठ् काममा जान ढिला भयो’ भने, साथी बोलेन । मनोजले उनको हात चिसो रहेको महसुस गरे । ‘७:५० बजेसम्म पनि शरीरले कुनै प्रतिक्रिया नदिएको, श्वासप्रश्वास चाल पनि नभएको पाएपछि उनले तुरुन्त ७.५३ मा एम्बुलेन्सलाई फोन गरेँ,’ मनोजले भने ।

मेडिकल टिमको सुझाव अनुसार मनोजले तत्काल सिपीआर पनि गरेका थिए । ८ बजेतिर स्वास्थकर्मी आएर जाँच गर्दा सुगर लेभल २ मात्र थियो । सुगर लेभल ५.० पुग्ने बेलासम्म शरीरले सुगर लिएन अनि मंगलबार बिहान ९:३० बजे स्वास्थ्यकर्मीले मृत घोषणा गरे ।

मेडिकल टिमले पुलिस अनि पुलिसले पनि यो केस सिआइबीलाई ह्याण्डओभर गरिसकेको र उसले ‘नेचुरल डेथ’ भनेको मनोजले जनाए ।

फरेन्सिक टिमले प्रक्रिया पुरा गरेपछि शव पोस्टमार्टमका लागि अस्पताल लगिनेछ ।

मनोज आफूसँगै बस्ने साथीको असामयिक निधनपछि विक्षिप्त छन् । ‘उसलाई स्वास्थ्य समस्या पनि थिएन, डिप्रेसनमा गएको पनि होइन । काम पहिला म्याक डोनाल्ड्समा गर्दथ्यो, पछि भिलेज होटलमा पाएको थियो’, उनले भने, ‘हेर्दाहेर्दै साथी अस्तायो, कल्पना पनि गर्न सकिरहेको छैन ।’

घटनास्थलमा रहेका एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र उनका साथीहरुसँग सल्लाह गरी अन्त्येष्टीको प्रबन्ध गरिने जनाए । ‘हामी स्वर्गीय चन्दको परिवारका लागि आर्थिक, नैतिक सहयोगका साथ समुदायमा जनचेतना जगाउने कार्यमा अझ बढी सक्रिय हुन्छौं’, अध्यक्ष पुडासैनीले भने, ‘नेपालबाट आएका विद्यार्थी भाइबहिनीहरुले अहिले धेरै समस्या भोगेका छन् । बसाइँ, जागिर, मानसिक स्वास्थ्य, सुरक्षा आदि । उनीहरुमा जनचेतना जगाउन अत्यन्त खाँचो देखिएको छ । हामी सबै यसमा लाग्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ। यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि ...
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम