मुख्य समाचार
कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी
कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी

। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशनबारे पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउन सक्ने चेतावनी दिएका हुन् ।

उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै नेता कोइरालाले उक्त हस्ताक्षर प्रमाणीकरणको प्रक्रिया शुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको सम्भावना रहेको समेत बताए ।

‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ । त्यसमा हस्ताक्षर प्रमाणीकरण शुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ,’ उनले भने, ‘४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि । बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो ।’

केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।

बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहे पनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्नेमा उनले जोड दिए ।

‘मैले केन्द्रीय समितिको बैठकले नै निर्णय गर्‍यो भने शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन् भनेर त्यँहीबाट निर्णय गरौं भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘५५ प्रतिशत हस्ताक्षर जुन भएको छ त्यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन । बाध्यात्मक हुन्छ । तर पार्टी विभाजनतिर नजाओस् भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न माग गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रास्वपाले यस्तो माग गरेको हो । ‘ठूलो संख्यामा नेपाली नवयुवाहरू विदेशमा रहनुभएकाले विदेशमा रहनुभएका योग्यता पुगेको नेपालीहरूको हकमा राष्ट्रिय परिचय पत्रका आधारमा वा स‍म्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्ने तत्काल ...
फागुन २१ का लागि घोषित निर्वाचनको समय घट्दै जाँदा चुनावी चासो र चिन्ता बढ्न थाले
। विभिन्न माग राखी मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन अवरोध गरेका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकार र मेलम्ची संघर्ष समितिका प्रतिनिधिसहितको वार्तामा मंगलबार राति १५ बुँदे सहमति भएपछि पानी अवरोध अन्त्य गर्न स्थानीय सहमत भएका हुन् । ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर ...
। चुनावको प्रचारप्रसारका क्रममा भएको भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने भएको छ । यो विषयलाई निर्वाचन आचारसंहितामा राखिँदैछ । निर्वाचन आयोग आगामी फागुन २१ को चुनावका लागि आचारसंहिता निर्माणमा जुटेको छ । जसमा चुनावको प्रचारप्रसारमा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने विषय आएको छ । प्रारम्भिक आचारसंहिता अनुसार ‘सभा, जुलुस, ...
। गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २ हजार १३९ घटना भएकामा यस वर्ष एक हजार ४५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको ज्यान भएको छ ...