मुख्य समाचार
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट वार्ता
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट वार्ता

। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट वार्ता चलिरहेको छ।

धुम्बाराहीस्थित एक होटलमा दिउँसो ३ बजेदेखि छलफल चलिरहेको हो। छलफलमा दुई नेता मात्र सहभागी छन्।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन र पार्टी एकताको विषयमा दुई अध्यक्षबीच छलफल चलिरहेको छ।

‘जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, आगामी निर्वाचन र पार्टी एकताको विषयमा केन्द्रित रहेर दुई अध्यक्ष छलफलमा जुट्नु भएको छ,’ महामन्त्री बर्तौलाले भने, ‘राष्ट्रवादी शक्तिलाई एकीकृत गर्ने र बलिया शक्ति निर्माण गर्ने अभिप्रायका साथ यो छलफल चलेको हो।’


राप्रपा नेपालले पछिल्ला केही महिनादेखि पार्टी एकतालाई जोड दिएर छलफल चलाइरहेको छ।

यसैक्रममा केही दिनअघि सकिएको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा उपाध्यक्ष तेज कुरूम्वाङ र महामन्त्री राजाराम बर्तौला सदस्य रहेको एकता वार्ता समिति गठन गरेको थियो।

वार्ता समितिले यसबीचमा विचार मिल्ने विभिन्न दलका नेताहरूसँग छलफल गरेको छ।

राप्रपा भने पछिल्लो समय आन्तरिक विवादमा रुमल्लिएको छ। महामन्त्री धवलशम्शेर राणाको नेतृत्वमा असन्तुष्ट नेताहरू केन्द्रीकृत हुँदै गएका बेला राप्रपामा स्पष्ट दुई धार देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न माग गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रास्वपाले यस्तो माग गरेको हो । ‘ठूलो संख्यामा नेपाली नवयुवाहरू विदेशमा रहनुभएकाले विदेशमा रहनुभएका योग्यता पुगेको नेपालीहरूको हकमा राष्ट्रिय परिचय पत्रका आधारमा वा स‍म्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्ने तत्काल ...
फागुन २१ का लागि घोषित निर्वाचनको समय घट्दै जाँदा चुनावी चासो र चिन्ता बढ्न थाले
। विभिन्न माग राखी मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन अवरोध गरेका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकार र मेलम्ची संघर्ष समितिका प्रतिनिधिसहितको वार्तामा मंगलबार राति १५ बुँदे सहमति भएपछि पानी अवरोध अन्त्य गर्न स्थानीय सहमत भएका हुन् । ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर ...
। चुनावको प्रचारप्रसारका क्रममा भएको भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने भएको छ । यो विषयलाई निर्वाचन आचारसंहितामा राखिँदैछ । निर्वाचन आयोग आगामी फागुन २१ को चुनावका लागि आचारसंहिता निर्माणमा जुटेको छ । जसमा चुनावको प्रचारप्रसारमा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने विषय आएको छ । प्रारम्भिक आचारसंहिता अनुसार ‘सभा, जुलुस, ...
। गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २ हजार १३९ घटना भएकामा यस वर्ष एक हजार ४५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको ज्यान भएको छ ...