मुख्य समाचार
भारत र पाकिस्तानका राजधानीपछि बंगलादेशको राजधानी ढाकामा पनि बम विस्फोट
भारत र पाकिस्तानका राजधानीपछि बंगलादेशको राजधानी ढाकामा पनि बम विस्फोट

। भारत र पाकिस्तानका राजधानीपछि बंगलादेशको राजधानी ढाकामा पनि बम विस्फोट भएको छ ।

ढाकाका फरक–फरक स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर विस्फोटमा मानवीय क्षतिको विवरण आएको छैन ।


एसिया न्यूज नेटवर्क (एएनएन)का अनुसार मंगलबार ढाकाका धानमन्डी र गुलिस्तान क्षेत्रमा फरक–फरक समयमा बम विष्फोट भएका थिए ।

जिल्ला अदालत भवन अगाडि रोकिएको प्रहरी भ्यानमा भएको विष्फोटमा २७ जना घाइते भएका छन् । यो आक्रमणको जिम्मा पाकिस्तानी तालिबान (टीटीपी)ले लिएको द डेली स्टारले जनाएको छ । यसले यस्ता आक्रमण जारी राख्ने जनाएको छ ।

धानमन्डीमा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) को अनुसन्धान एजेन्सी कार्यालय अगाडि मंगलबार बुलेकी स्थानीय समय अनुसार ८:०४ बजे अर्को विष्फोट भएको थियो । यसैगरी विस्फोट ८:५० बजे गुलिस्तानको जिरो प्वाइन्ट नजिकै पनि विष्फोट भएको थियो ।

प्रहरीका अनुसार दुवै घटनामा मोटरसाइकलमा आएका दुई जनाले बम फालेर भागेका थिए । प्रहरीलाई उद्धृत गर्दै एएनएनले विस्फोटमा कुनै हताहत नभएको र विष्फोटमा संलग्न कोही पक्राउ पनि नपरेका उल्लेख गरेको छ ।

मानवीय क्षति नभए पनि विष्फोटबाट स्थानीय त्रासमा रहेका बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विष्फोट गराइएका बमहरू क्रुड बम भएको बताइएको छ । क्रुड बम भनेको घरेलु तरिकाले बनाइएको साधारण विस्फोटक यन्त्र हो । यो सामान्यतया कम गुणस्तरको, असुरक्षित र अस्थिर हुन्छ । क्रुड बम व्यावसायिक वा सैन्य बमहरू जस्तो उन्नत प्रविधि वा सामग्री प्रयोग गरेर बनाइँदैन ।

यसअघि आइतबार बेलुकी भारतको राजधानी नयाँदिल्लीको लालकिला नजिकको मेट्रो स्टेसनमा कारमा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको थियो । यसैगरी सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा विष्फोट हुँदा १३ जनाको मृत्यु भएको थियो ।

ढाकामा भने सरकारी कार्यालय, धार्मिक संस्था र पार्टी कार्यालयलाई लक्षित गरी विष्फोट गराइएको थियो । यो घटनापछि देशभर सुरक्षा सतर्कता बढाइएको द डेली स्टारले जनाएको छ ।

साथै सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले घटनाको अनुसन्धान गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । साथै धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्नेहरुलाई उचित जवाफ दिने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न माग गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रास्वपाले यस्तो माग गरेको हो । ‘ठूलो संख्यामा नेपाली नवयुवाहरू विदेशमा रहनुभएकाले विदेशमा रहनुभएका योग्यता पुगेको नेपालीहरूको हकमा राष्ट्रिय परिचय पत्रका आधारमा वा स‍म्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्ने तत्काल ...
फागुन २१ का लागि घोषित निर्वाचनको समय घट्दै जाँदा चुनावी चासो र चिन्ता बढ्न थाले
। विभिन्न माग राखी मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन अवरोध गरेका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकार र मेलम्ची संघर्ष समितिका प्रतिनिधिसहितको वार्तामा मंगलबार राति १५ बुँदे सहमति भएपछि पानी अवरोध अन्त्य गर्न स्थानीय सहमत भएका हुन् । ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर ...
। चुनावको प्रचारप्रसारका क्रममा भएको भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने भएको छ । यो विषयलाई निर्वाचन आचारसंहितामा राखिँदैछ । निर्वाचन आयोग आगामी फागुन २१ को चुनावका लागि आचारसंहिता निर्माणमा जुटेको छ । जसमा चुनावको प्रचारप्रसारमा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने विषय आएको छ । प्रारम्भिक आचारसंहिता अनुसार ‘सभा, जुलुस, ...
। गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २ हजार १३९ घटना भएकामा यस वर्ष एक हजार ४५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको ज्यान भएको छ ...