मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५औं महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५औं महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित

: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५औं महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित भएको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको महाधिवेशनको कार्यतालिकाको सन्दर्भमा सदस्यहरूको फरक फरक धारणा आएको हो। महाधिवेशनका विषयमा एकमत हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ।


मंगलबार बसेको बैठकपछि कांग्रेस नेता राजेन्द्रकुमार केसीले महाधिवशेनका साथै पछिल्लो राजनीतिक घटनाका क्रममा विषयमा सदस्यहरुले धारणा राखेको बताए। मंसिरमा अवधि सकिने भएकाले त्यसअघि नै नियमित रूपमा महाधिवेशन गर्नुपर्ने अधिकांशको धारणा रहेको उनको भनाइ छ। उनले चुनावमा पार्टीले भाग लिने निर्णय गरेको अवस्थामा त्यसअघि नै नेतृत्व चयन गर्नुपर्ने आफ्नो मत रहेको बताए।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ। मंगलबार सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले धारणा राखेका थिए। बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जुवा खेलिरहेका २२ जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ लंकोट बस्ने ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दिवाकर समेत २२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान ...
: बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बारागढी गाउँपालिका-२ बिसनपुर्वास्थित सडकमा बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय छठु चौधरीको मंगलबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक ...
: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नियुक्ति र शपथ संवैधानिक भएको दावी गरेका छ्न् । उनले प्रदेशसभाबाट विश्वासको मत मागिसकेको मुख्यमन्त्रीले मत विभाजनको घण्टी बजेपछि राजीनामा घोषणा गर्नु र विश्वासको मत पाउन नसक्नुले नै ठूलो दलको हैसियतमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले मुख्यमन्त्री नियुक्त गर्नु तथा शपथ गराउनु संवैधानिक भएको बताएका हुन् ...
: विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपाएमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन गरेको छ । मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरूमा मोटरसाइकल र्‍यालीका साथै नारा जुलुससहित र्‍यालीको समेत आयोजना गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो । यसैक्रममा एमाले ...
: क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भई कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने २६ वर्षीया मनिषा अधिकारीलाई पक्राउ परेकी हुन्। मनिषाले क्यानडा पठाइन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका ...