: क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।
वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भई कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने २६ वर्षीया मनिषा अधिकारीलाई पक्राउ परेकी हुन्।
मनिषाले क्यानडा पठाइन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-६ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।