: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विष्फोट घटनाका दोषी जोसुकै भएपनि नछोड्ने बताएका छन्। दुई दिने औपचारिक भ्रमणका लागि भुटान पुगेका प्रधानमन्त्री मोदीले षडयन्त्रकारीहरूलाई नछोड्ने बताएका हुन्।
प्रधानमन्त्री मोदीले आफू धेरै भारी मन लिएर भुटान आएको बताए। उनले भने ,'हिजो साँझ दिल्लीमा भएको भयानक घटनाले सबैलाई दु:खी बनाएको छ। म प्रभावित परिवारहरूको पीडा बुझ्छु। आज सम्पूर्ण देश उनीहरूको साथमा उभिएको छ।'
'म यो घटनाको अनुसन्धान गर्ने सबै एजेन्सीहरूसँग, सबै महत्त्वपूर्ण व्यक्तिहरूसँग, रातभर सम्पर्कमा थिएँ। छलफलहरू चलिरहेका छन्। परिमाणहरू जुटिरहेका छन् ,' प्रधानमन्त्री मोदीले भने, 'हाम्रा एजेन्सीहरू यस षड्यन्त्रको तल्लो तहसम्म पुग्नेछन्। यसको पछाडि षड्यन्त्रकारीहरूलाई छोडिने छैन।'
यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले पनि विष्फोट घटनाको सुक्ष्म अध्ययन गरिने र दोषीलाई नछोड्ने बताएका छन्। सोमबार साँझ दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कारमा विस्फोट हुँदा करिब ९ जनाको मृत्यु भएको छ।