मुख्य समाचार
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी

: अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुईमहिनापछि सुरु गरिने जानकारी दिएका हुन् । उनले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी संरचनातर्फ करिब सय अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए।

जेनजी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको उनले जानकारी दिए। मन्त्री खनालले टुक्रे आयोजनाहरूको बजेट कटौती गरी हुलाकी, मध्यपहाडी लोकमार्ग, बीपी राजमार्गलगायतका रणनीतिका आयोजनालाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको उल्लेख गरे ।


जेनजी आन्दोलनको माग अनुसार बजेटको सहि परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको उनले बताए । मन्त्री खनालले आयकर घटेपनि समग्र राजस्व बढेको बताए।



उनले जेनजी आन्दोलनपछि सेप्टेम्वरमा पर्यटक आगमनको संख्या घटेपनि त्यसपछि भने पर्यटक आगमनको संख्या निकै बढेको धारणा राखे । उनले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा भएको क्षतिपछि व्यवसायिक वातावरण बनाउन सरकारले अधिकतम पहल गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जुवा खेलिरहेका २२ जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ लंकोट बस्ने ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दिवाकर समेत २२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान ...
: बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बारागढी गाउँपालिका-२ बिसनपुर्वास्थित सडकमा बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय छठु चौधरीको मंगलबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक ...
: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नियुक्ति र शपथ संवैधानिक भएको दावी गरेका छ्न् । उनले प्रदेशसभाबाट विश्वासको मत मागिसकेको मुख्यमन्त्रीले मत विभाजनको घण्टी बजेपछि राजीनामा घोषणा गर्नु र विश्वासको मत पाउन नसक्नुले नै ठूलो दलको हैसियतमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले मुख्यमन्त्री नियुक्त गर्नु तथा शपथ गराउनु संवैधानिक भएको बताएका हुन् ...
: विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपाएमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन गरेको छ । मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरूमा मोटरसाइकल र्‍यालीका साथै नारा जुलुससहित र्‍यालीको समेत आयोजना गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो । यसैक्रममा एमाले ...
: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५औं महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित भएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको महाधिवेशनको कार्यतालिकाको सन्दर्भमा सदस्यहरूको फरक फरक धारणा आएको हो। महाधिवेशनका विषयमा एकमत हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ। मंगलबार बसेको बैठकपछि कांग्रेस नेता राजेन्द्रकुमार केसीले महाधिवशेनका साथै पछिल्लो ...