: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश अमेरिकीहरूलाई प्रतिव्यक्ति कम्तीमा २,००० डलरको ‘ट्यारिफ लाभांश’ दिने घोषणा गरेका छन्।
उनले विश्वव्यापी रूपमा लगाएको करबाट प्राप्त हुने राजस्वबाट उक्त लाभांश बाँड्ने जनाएका हुन्। उनले सामाजिक प्लेटफर्म ट्रुथ सोसलमार्फत उच्च आय भएका व्यक्तिहरूबाहेक सबैलाई प्रतिव्यक्ति कम्तीमा २००० डलर लाभांश दिने घोषणा आइतबार गरेका हुन्।
ट्रम्पले यस्तो घोषणा पहिलो पटक गरेका भने होइन। उनको प्रशासनले पहिले नै ट्यारिफ संकलनसँग सम्बन्धित छुटको अवधारणाबारे छलफल गरिसकेको जनाइएको छ। उनले थपे, ‘हामीले ट्रिलियन डलर लिइरहेका छौं र चाँडै नै हाम्रो विशाल ऋण ४३७ ट्रिलियन तिर्न सुरु गर्नेछौं, जुन संयुक्त राज्य अमेरिकामा भएका लगानी हुन्। यहाँ सबै ठाउँमा प्लान्ट र कारखानाहरू बढ्दै छन्।’
यद्यपि, यस्तो योजना लागू हुनका लागि कंग्रेसको स्वीकृति आवश्यक पर्नेछ। विश्लेषकहरूले भने ट्यारिफबाट उपलब्ध हुने वास्तविक पैसा कम हुन सक्ने चेतावनी दिएका छन्।