: मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरेका छन्। मंगलबार ५ बजे आन्दोलनकारीको विरोधका बावजूद मुख्यमन्त्री सरोज कुमार यादवले मुख्यमन्त्रीको पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री सरोज कुमार यादवले पहिलो निर्णयमा मधेश आन्दोलनमा शहीद भएका सम्पूर्ण वीर शहीदहरूलाई मधेश प्रदेश सरकारद्वारा मधेश रत्न घोषणा गरी सम्मान गरिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।
यसैगरी यादवले मधेश प्रदेशको वर्तमान परिस्थितिलाई मध्यनजर राखी विकास, समृद्धि, शान्ति सुरक्षालाई मजबुत राखी, प्रदेशभरी सुशासन तथा अमन चयन कायम राख्न सम्बन्धित सबै सुरक्षाकर्मीलाई परिचालन गर्ने दोस्रो निर्णय गरेको हो।