मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षिक परामर्श संस्था केआईईसीसँग प्रायोजन सम्झौता
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षिक परामर्श संस्था केआईईसीसँग प्रायोजन सम्झौता

— नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षिक परामर्श संस्था केआईईसीसँग प्रायोजन सम्झौता गरेको छ । केआईईसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विद्यार्थीका लागि २० वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको छ ।


मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको एनपीएलमा गोर्खाजले आफ्नो जर्सीमा केआईईसीको लोगो राखेर खेल्ने छ । यसका लागि काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र केआईईसीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले सोमबार सम्झौतामा हस्ताक्षर गरे । गोर्खाजका सीईओ सुरजसिंह ठकुरी र केआईईसीका बजार प्रबन्धक सुमित श्रेष्ठको रोहबरमा सम्झौता गरिएको हो ।

गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले केआईईसीले खेलकुदका विभिन्न क्षेत्रमा गर्दै आएको बजार व्यवस्थापन कार्यप्रति प्रशंसा गरे । केआईईसीका संस्थापक रिजालले युवाको भविष्यका लागि कार्य गर्दै आएको र एनपीएल पनि युवाहरूको ढुकढुकी भएकाले काठमान्डु गोर्खाजसँग जोडिएको बताए ।

काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रूपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरमा शिखर इन्स्योरेन्स, ड्रिंक पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिंकसँग प्रायोजन सम्झौता गरिसकेको छ । अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...