मुख्य समाचार
एनपीएलको पहिलो खेलमा जनकपुर र काठमान्डु आमनेसामने
एनपीएलको पहिलो खेलमा जनकपुर र काठमान्डु आमनेसामने

— साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि रक्षा अभियान काठमान्डु गोर्खाजसँग खेलेर गर्ने भएको छ ।


नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रकाशित गरेको खेल तालिकाअनुसार मंसिर १ देखि सुरु दोस्रो संस्करणको एनपीएलको पहिलो खेलमा जनकपुर र काठमान्डु आमनेसामने हुनेछ ।

जनकपुरले गत वर्ष सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपीएल जितेको थियो । करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाज गत सिजन पाँचौं स्थानमा रहेको थियो । जनकपुर र काठमान्डुको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।

सुदूरपश्चिमले प्रतियोगिताको तेस्रो दिन काठमान्डुसँगै आफ्नो पहिलो खेल खेल्ने छ । दोस्रो दिन (मंसिर २) मा चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । गत सिजन पुछारमा रहेको लुम्बिनी लायन्सले चौथो दिन आफ्नो पहिलो खेल चितवनसँग खेल्ने छ । कर्णाली याक्स र लुम्बिनी लायन्सबीच मंसिर २१ गते लिग चरणको अन्तिम खेल हुनेछ ।

सहभागी ८ फ्रेन्चाइज टोलीले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । मंसिर २३ गते क्वालिफायर १, मंसिर २४ गते इलिमिनेटर र मंसिर २५ गते क्वालिफायर २ हुनेछ । फाइनल मंसिर २७ मा हुनेछ ।

फ्लडलाइटमा एनपीएल

एनपीएलका खेलहरू फ्लडलाइटमा पनि हुनेछ । हरेक दिनको एक खेल साँझ टुगिने गरी क्यानले खेलतालिका प्रकासित गरेको छ । जनकपुर र काठमान्डुको खेल ४ बजे सुरु भएपछि फ्लडलाइट बल्ने छ । दिउँसो सुरु हुने खेल ३.३० बजे र ४ बजे सुरु हुनेछ र फ्लडलाइटमा टुंगिने छ ।



नेपालमा पहिलो पटक फ्लडलाइटमा क्रिकेट खेल हुन लागेको हो । एनपीएल सुरु हुन एक साता बाँकी रहेको अवस्थामा पुनर्निर्मित कीर्तिपुर मैदानमा हाल फ्लडलाइटका कामहरू भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...