मुख्य समाचार
ओलले रामकुमारी झाँक्री र किसान श्रेष्ठले बिना लालच फर्किएको दाबी
ओलले रामकुमारी झाँक्री र किसान श्रेष्ठले बिना लालच फर्किएको दाबी

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले भित्रिएका नेताहरू बिना लालच फर्किएको बताएका छन्। राष्ट्रिय सभागृहमा घर फर्क अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलले नेतृ रामकुमारी झाँक्री र निवर्तमान सांसदसमेत रहेका किसान श्रेष्ठले बिना लालच फर्किएको दाबी गरे।

'हामीले केही दिन्छु भनेका छैनौं। उहाँहरू आग्रहले होइन, अनुभवले फर्किनुभएको हो। फेरि उहाँहरूले केही चाहिन्छ पनि भन्नुभएको छैन। मनभित्र केही लोभ र लालच त छैन भन्दा उहाँहरूले छैन भन्नुभएको छ। कुर्सीमा होइन चाकडीमै बसाले पनि आउँछु भन्नुभएको छ,' उनले भने।

उनले प्रचण्ड र माधवकुमार नेपालको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिए। 'ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ। उहाँहरूले अब एक दुई जना समेट्न बाँकी छ। एक जना बाग्लुङ र प्युठानबाट समेटेपछि उहाँहरूको कोर्स पूरा हुन्छ,' उनले भने।


अध्यक्ष ओलीले भीम रावललाई लक्षित गर्दै थपे, 'कोही कोही छैटौं नम्बर पाएपछि हिंडिहाल्दो रैछ।' उनले बुढो भए पनि काम गर्नेहरू एमालेतिर भएको स्पष्ट पारे। अध्यक्ष ओलले एमाले खोल्सी नभएर महासागर भएको बताए। 'एमाले तिरतिरे खोल्सी होइन। महासागर हो,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–४ मा डेरा गरेर बस्ने १६ वर्षीय बालकलाई दुई महिनापछि आइतबार पक्राउ गरेको हो । नाबालक भएका कारण प्रहरीले उनको पहिचान गोप्य राखेको छ । उनको परिवर्तित नाम २०८२/८३ कास्की–३१ राखिएको छ । प्रहरी कार्यालय ...
— मुस्ताङमा रहेको कोरला नाका हुँदै पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती ...
— यातायात व्यवस्था विभागको भवन आगजनी भएर क्षति भएको दुई महिनापछि नयाँ लाइसेन्सका लागि आवेदन खुला गरिएको छ । २४ भदौमा भएको प्रदर्शनपछि उक्त सेवा ठप्प थियो । विभागका अनुसार आइतबार उपत्यकाका दुई वटा यातायात व्यवस्था कार्यालय सानोभर्‍याङ र भक्तपुरको राधेराधेबाट यो सेवा सुरु भइसकेको छ । त्यस्तै सोमबारबाट चाबहिल र एकान्तकुना कार्यालयबाट पनि सेवा ...
: कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ। शाखाले साउन २६ गतेदेखि ३१ ...
— भदौ २४ गते प्रदर्शनका क्रममा प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ जगातीस्थित रहेको प्रहरी वृत्त जगाती, चाँगुनारायण नगरपालिका-७ स्थित प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ...