मुख्य समाचार
पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषणा
पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषणा

— गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषणा गरेका छन् ।


सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गरेका हुन् । उनले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकाङ्क्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताए। राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उनको दाबी छ।

उनले भने, ‘हामीले चाहिँ एउटा सुन्दर भविष्य देखेर त्यसलाई चाहिँ साकार कसरी गर्न सक्छौँ भन्ने हिसाबले अगाडि बढ्नुपर्छ। त्यस कारण हामी एउटा यस्तो खालको समयमा प्रवेश गर्दैछौं, यस्तो खालको कालमा प्रवेश गर्दैछौं, एउटा लाइफ साइकलमा प्रवेश गर्दैछौं। सायद यो बढो इन्टेन्स एउटा कठिन लाइफ टाइम हो, त्यसमा चाहिँ हामी प्रवेश गर्दैछौं। अब यसलाई हामीले सफलतामा परिणत गर्नैपर्छ।'

उनले आफूहरू दीर्घकालीन हिसाबले राजनीतिमा प्रवेश गरेको बताए । उनले देशका सन्ततिहरूका लागि त्याग, निष्ठा, इमानदारिता र सृजनशीलताका साथ अगाडि बढ्ने बताए।

उनले भने, 'यो हाम्रो लागि मात्र होइन, हाम्रा सन्ततिहरू र त्यस पछिका सन्ततिहरूका लागि हो। हामी त्यसमा पूरा त्याग, हाम्रो मेहनत, हाम्रो इमानदारिता, हाम्रो निष्ठा, हाम्रो सृजनशीलता मुख्य गरिकन यो सबैलाई एकजुट पारेर लैजानेछौँ। हामी दीर्घकालीन हिसाबले आउँदैछौं किनभने हाम्रो घोषणा पत्रमै लेखिसकेका छौं कि हामी २० प्रतिशत भोट नपाइ सरकारमा जाँदैनौँ।’

उनले जेन—जी पुस्ताको आन्दोलनपछि पार्टीको संगठनात्मक कार्य सुरु गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–४ मा डेरा गरेर बस्ने १६ वर्षीय बालकलाई दुई महिनापछि आइतबार पक्राउ गरेको हो । नाबालक भएका कारण प्रहरीले उनको पहिचान गोप्य राखेको छ । उनको परिवर्तित नाम २०८२/८३ कास्की–३१ राखिएको छ । प्रहरी कार्यालय ...
— मुस्ताङमा रहेको कोरला नाका हुँदै पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती ...
— यातायात व्यवस्था विभागको भवन आगजनी भएर क्षति भएको दुई महिनापछि नयाँ लाइसेन्सका लागि आवेदन खुला गरिएको छ । २४ भदौमा भएको प्रदर्शनपछि उक्त सेवा ठप्प थियो । विभागका अनुसार आइतबार उपत्यकाका दुई वटा यातायात व्यवस्था कार्यालय सानोभर्‍याङ र भक्तपुरको राधेराधेबाट यो सेवा सुरु भइसकेको छ । त्यस्तै सोमबारबाट चाबहिल र एकान्तकुना कार्यालयबाट पनि सेवा ...
: कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ। शाखाले साउन २६ गतेदेखि ३१ ...
— भदौ २४ गते प्रदर्शनका क्रममा प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ जगातीस्थित रहेको प्रहरी वृत्त जगाती, चाँगुनारायण नगरपालिका-७ स्थित प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ...