मुख्य समाचार
वर्तमान सरकार चुनाव गराउन नबनेको दाबी
वर्तमान सरकार चुनाव गराउन नबनेको दाबी

— एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चुनाव गराउन नबनेको दाबी गरेका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा उनले सरकारको कामकारबाहीले चुनाव नगराउने दिशामा गएको बताए ।


‘यो सरकार चुनाव गराउन बनेको होइन । ६ महिनामा चुनाव गराउने भने पनि केही-केही देशमा ५ वर्ष भयो, चुनाव भएको छैन । यो सरकारले चुनाव गराउँदैन,’ उनले भने, प्रतिनिधसभा पुन:स्थापना गरेर राष्ट्रलाई संविधानको ट्य्राकमा फर्काउने हो ।’ उनले सरकारका मन्त्रीलाई धेरै नबोल्न भन्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

‘सरकारका मन्त्रीले धेरै जिब्रो नचलाए हुन्छ । निर्वाचन गराउने जिम्मेवारी होइन ? सर्वोच्चले नबोलाउन भन्दा राजदूतहरू बोलाइन्छ । देशका प्रतिनिधि हुन् राजदूत । इन सर्भिस एम्बेसडर होइनन् उनीहरू,’ उनले भने, ‘राजदूत फर्केर आएर परराष्ट्रमा हाजिर गर्ने । कानुन थाहा छ कि छैन सरकारलाई ? कुन हाजिर पुस्तिकामा हाजिर गर्ने ? त्यस्ता हावा कुरा गर्ने ?’

उनले अहिले पार्टी समाप्त गर्ने गतिविधि भइरहेको बताए । ‘अहिले पार्टी नै समाप्त पार्ने लहर चलेको छ । ट्रेड युनियन विश्वव्यापी संस्था हो । शोषणकारी युगमा जन्मिएको हो,’ उनले भने, ‘ट्रेड युनियन राइट त्यतिबेला हो । ट्रेड युनियन मासिँदैन । कसैले मास्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–४ मा डेरा गरेर बस्ने १६ वर्षीय बालकलाई दुई महिनापछि आइतबार पक्राउ गरेको हो । नाबालक भएका कारण प्रहरीले उनको पहिचान गोप्य राखेको छ । उनको परिवर्तित नाम २०८२/८३ कास्की–३१ राखिएको छ । प्रहरी कार्यालय ...
— मुस्ताङमा रहेको कोरला नाका हुँदै पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती ...
— यातायात व्यवस्था विभागको भवन आगजनी भएर क्षति भएको दुई महिनापछि नयाँ लाइसेन्सका लागि आवेदन खुला गरिएको छ । २४ भदौमा भएको प्रदर्शनपछि उक्त सेवा ठप्प थियो । विभागका अनुसार आइतबार उपत्यकाका दुई वटा यातायात व्यवस्था कार्यालय सानोभर्‍याङ र भक्तपुरको राधेराधेबाट यो सेवा सुरु भइसकेको छ । त्यस्तै सोमबारबाट चाबहिल र एकान्तकुना कार्यालयबाट पनि सेवा ...
: कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ। शाखाले साउन २६ गतेदेखि ३१ ...
— भदौ २४ गते प्रदर्शनका क्रममा प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ जगातीस्थित रहेको प्रहरी वृत्त जगाती, चाँगुनारायण नगरपालिका-७ स्थित प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ...